महिला समितिका पुरूष सभापतिलाई सांसदले बैठकमै हानिन् माइक र नेमप्लेट « Khabarhub

महिला समितिका पुरूष सभापतिलाई सांसदले बैठकमै हानिन् माइक र नेमप्लेट


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद् बैठकमा देखिने घमासान अहिले संसदीय समितिमा पनि पुगेको छ ।

सत्तारूढ र प्रतिपक्षी दलहरूबीच हुने मारमारको अवस्था बुधबार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिमा देखिएको छ ।

जहाँ महिला नामको उक्त समितिका पुरूष सभापति एवम् एमाले सांसद किरण कुमार साह र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीबीच हात हालाहालको अवस्था आएको हो ।

बुधबार बिहान ७ बजे बसेको समितिको बैठकमा विवाद हुँदा सांसद कुसारीले सभापति साहलाई आफ्नो नेमप्लेट र माइकको झट्टी हानेकी हुन् । यद्यपि दुवै वस्तुले साहलाई नलागेकाले कुनै चोटपटक लागेन ।

प्रत्यक्षदर्शीका अनुसार सांसद कुसारी बैठकमा ढिला आएकी थिइन् । त्यसपछि उनले सभापति साहको अनुमतिबिना नै आफ्ना कुरा राख्न थालेकी थिइन् । त्यसमा सभापति साहले आपत्ति जनाए भनाभन हुँदा आक्रोशित मुद्रामा देखिएकी कुसारीले रिस सम्हाल्न नसक्दा माइक र नेमप्लेट उठाइन् ।

सभापति साहका अनुसार शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका उपसमितिका प्रतिवेदन समितिमा बुझाउन बैठक डाकिएको थियो । त्यहीक्रममा ढिलो आएकी कुसारीले आफूखुसी बोल्न थालेपछि रोक्न खोज्दा आक्रमण भएको साहले बताए ।

उता कुसारीले भने सभापति साहले आफ्ना गल्ती ढाकछोप गर्न बोल्न निषेध गरेपछि आफू आक्रोशमा आएको बताएकी छन् । कुसारीले सभापति साहको मनपरीविरुद्ध सभामुख देवराज घिमिरेलाई बताउने बताएकी छन् ।

उता सभापति साहले माइक नमागी कुसारीले बोल्न थालेपछि समस्या भएको बताए । ‘अहिले समय दिइएको छैन, तपाईंले बोल्ने पालो होइन भनेको थिएँ’, साहले भने, ‘हुँदै नभएको कुरा उहाँले बोल्नु भयो । बैठकमा ढिलो आएर पनि विषयवस्तु भन्दा फरक कुरा गरेपछि विवाद र भनाभन भएकै हो ।’

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  २ : ४९ बजे

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको