नयाँ गभर्नरलाई मन पराएन शेयर बजारले, ७.९४ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

नयाँ गभर्नरलाई मन पराएन शेयर बजारले, ७.९४ अंकले घट्यो नेप्से


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ गभर्नरलाई शेयर बजारले मन नपराएको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थशास्त्री डा विश्वनाथ पौडेल नियुक्ति भएको भोलिपल्ट आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको हो ।

आज नेप्से ७.९४ अंकले घटेको छ । नेप्सेमा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६६९.५१ अंकमा झरेको हो । नेप्से ओरालो लागेसँगै नेप्सेको पुँजीकरण पनि ०.२९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा १५३ वटा कम्पनीको शेयर मूल्य घट्यो भने ९३ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै एउटा कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

नेप्से घटेसँगै बैंकिङ, विकास बैंक र म्यूचुअल फन्ड बाहेक सबै उपसमूहको सूचक समेत घट्न पुगेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा ओम मेगाश्री फार्मेस्ट्यकल्स कम्पनीका कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने स्वेट गंगा हाइड्रोपावर कम्पनीको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ४ : ०२ बजे

ग्वार्को ‘फ्लाई ओभर’ आज उद्घाटन हुँदै : लागत ३१ करोड ४६ लाख

काठमाडौं – उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार ६ गते शुक्रबार। असार

आज २०८२ साल असार ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ६ गते शुक्रबार। असार

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले