रास्वपालाई नवराज सुवेदीको प्रस्ताव- राजसंस्था र हिन्दुराज्य फर्काउन सहकार्य गरौँ « Khabarhub

रास्वपालाई नवराज सुवेदीको प्रस्ताव- राजसंस्था र हिन्दुराज्य फर्काउन सहकार्य गरौँ


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई राजा र हिन्दु राज्य फर्काउने आन्दोलनमा सहकार्य प्रस्ताव गरेका छन् ।

सुवेदीले संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्र फर्काउन सहकार्यको प्रस्तावसहित पत्र लेखेका हुन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि शिथिल बनेको आन्दोलनलाई उठाउन सुवेदीले रास्वपासँग सहकार्य प्रस्ताव गरेका हुन् । देशव्यापी जनआन्दोलन थाल्न लागेको जानकारी दिँदै सुवेदीले वर्तमान व्यवस्था परिवर्तन गर्नु अहिलेको ऐतिहासिक आवश्यकता रहेको जिकिर गरेका छन् ।

वर्तमान राजनीतिक व्यवस्थाले नेपाली जनताको सुशासन, समृद्धि र राष्ट्रिय पहिचानका अपेक्षा पूरा गर्न असफल भएको जिकिर संयोजक सुवेदीले गरेका छन् ।

उनले धर्म, संस्कृति र मौलिक मूल्य-मान्यतामा आधारित सनातन पहिचान गम्भीर संकटमा पर्दै गएको पनि पत्रमा उल्लेख गरेका छन् ।

सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको गत चैत २२ गतेको आदेशपछि रास्वपा सभापति लामिछाने यतिबेला भैरहवा कारागारमा छन् ।

यस्तोमा सुवेदीले सभापति लामिछानेले पनि हालको व्यवस्थाबाट निष्पक्ष न्याय पाउन सक्नेमा शंका व्यक्त गरेको उनले स्मरण गराएका छन् ।

राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरू दलीय हस्तक्षेप र दलीयकरणको गम्भीर शिकार बनिसकेको सन्दर्भमा रास्वपा वर्तमान व्यवस्थाबाट सन्तुष्ट नरहेको सुवेदीले निचोड निकालेका छन् ।

‘वर्तमान व्यवस्था परिवर्तन गर्नु आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा हामीबीच साझा समझदारी हुन सक्ने आशा लिएको छु,’ उनले पत्रमा भनेका छन्, ‘आउनुस्, यो चरम दल‍ीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनःस्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ । संवैधानिक राजसंस्था, सनातन हिन्दू राष्ट्र, बहुदलीय प्रजातन्त्र पुन:र्स्थापना गरौँ ।’

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ६ : २१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको