दक्षिण अफ्रिकामा हुने जी२० को कार्यक्रम अमेरिकाले बहिष्कार गर्ने « Khabarhub

दक्षिण अफ्रिकामा हुने जी२० को कार्यक्रम अमेरिकाले बहिष्कार गर्ने


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाले दक्षिण अफ्रिकाद्वारा आयोजना गरिने आगामी जी२० कार्यक्रमहरू बहिष्कार गर्ने भएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार यो कुराको पुष्टि गरेका छन् ।

गत साता आएको समाचारअनुसार दुई देशको बढ्दो तनावबीच अमेरिकाले यस्तो निर्णय लिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले दक्षिण अफ्रिकामाथि ‘जातीय घृणाबाट प्रेरित नरसंहारलाई सहयोग पुर्‍याएको’ आरोप लगाएको छ ।

जसलाई दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले ‘पूर्णतय झूटो प्रचार’ भन्दै अस्वीकार गरेका छन्।

सेनेटको विदेश सम्बन्ध समितिमा बोल्दै रुबियोले सहभागी नहुनुका कारणहरू दिए । ‘कार्यक्रमको कार्यसूची हाम्रो प्रशासनका प्राथमिकतासँग मेल खाँदैन’, उनले भने ।

दक्षिण अफ्रिकाले इरान र चीनजस्ता राष्ट्रहरूसँग व्यापक रूपमा सहकार्य गर्ने गरेको छ । जसलाई अमेरिका रणनीतिक प्रतिद्वन्द्वीको रूपमा हेर्छ ।

‘जब कुनै देश पटक–पटक हरेक विषयमा अमेरिकासँग असहमत रहन्छ, तब तपाईंले त्यसबारे निष्कर्ष निकाल्नैपर्छ,’ उनले भने।

रुबियोले दक्षिण अफ्रिकाको इजरालयप्रतिको धारणाको पनि आलोचना गरे। उनले भने, ‘यो केवल असन्तुलित मात्र होइन, तर पूर्ण रूपमा एक पक्षीय छ’, उनले भने ।

सन् २०२३ मा दक्षिण अफ्रिकाले गाजामा सैन्य कारबाहीलाई लिएर इजरायलविरुद्ध अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) मा ‘नरसंहार’को आरोपसहित मुद्दा दायर गरेको थियो।

अदालतले सन् २०२४ जनवरीमा इजरायलमाथि प्रतिबन्ध आदेश जारी गरेको थियो । जुन इजरायली सरकारले उल्लंघन गरेको छ।

यो द्वन्द्व अक्टोबर २०२३ मा प्यालेस्टिनी सशस्त्र समूह हमासले गराएको आक्रमणबाट सुरु भएको हो । त्यसयता यो एक क्षेत्रीय संकटमा रूपान्तरण भइसकेको छ।

इजरायली अधिकारीहरूले गाजामा हालै फेरि सुरु गरिएको सैनिक अभियानलाई ‘गाजा जित्ने’ प्रयास भनेर व्याख्या गरेका छन्।

रुबियोको टिप्पणी त्यति बेला आएको हो, जब राष्ट्रपति रामाफोसा वासिङ्टन आएका छन् ।

भ्रमण द्विपक्षीय सम्बन्धलाई ‘पुनःस्थापित र पुनर्जीवित’ गर्ने उद्देश्य रहेको उनको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

राष्ट्रपति रामाफोसाःे बुधबार राष्ट्रपति ट्रम्पसँग भेट्ने छन् । त्यहाँ आफ्नो सरकारद्वारा प्रस्तुत गरिएको व्यापार प्रस्तावमा छलफल गर्ने अपेक्षा छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ३० बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।