काठमाडौंमा अन्तरविद्यालय कविता प्रतियोगिता « Khabarhub

काठमाडौंमा अन्तरविद्यालय कविता प्रतियोगिता


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शान्ति र लोकतन्त्रको लागि महिला नेपाल र साना हतियार सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल (आईएएनएसए)को संयुक्त आयोजनामा अन्तरविद्यालय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

मंगलबार मण्डला थियटरमा “शान्तिको आवाजः बन्दुक हिंसाविरुद्ध कवितामार्फत् प्रतिवाद” शीर्षक अन्तरविद्यालय कविता वाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको हो ।

प्रतियोगितामा काठमाडौं १० प्रतिष्ठित विद्यालय—बेबिलोन नेशनल स्कूल, ज्ञान निकेतन माध्यमिक विद्यालय, ग्रामर स्कूल, काञ्जिरोवा नेशनल माध्यमिक विद्यालय, सिद्धि गणेश माध्यमिक विद्यालय, भि।एस निकेतन माध्यमिक विद्यालय, शान्ति विद्या गृह माध्यमिक विद्यालय, ब्रुकलिन एकेडेमी, एसियन पब्लिक स्कूल,र श्री जुद्धोदय पब्लिक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै “शान्ति र लोकतन्त्रको लागि महिला नेपाल” संस्थाकी अध्यक्ष शोभा प्रधान श्रेष्ठले साना तथा हल्का हातहतियारहरूको अनियन्त्रित प्रसारले समाजमा हिंसा, अपराध र द्वन्द्व बढाइरहेको उल्लेख गर्दै यसले मानव अधिकार, आर्थिक–सामाजिक विकासमा विनाशकारी असर पारेको बताइन्।

विश्वव्यापी रूपमा साना तथा हल्का हातहतियारहरूको अत्यधिक सञ्चय, अनियन्त्रित विस्तार र अवैध कारोबारले मानव सुरक्षामा गम्भीर चुनौती खडा गरिरहेको छ। संयुक्त राष्ट्रसंघको कार्ययोजनाले हतियार नियन्त्रण तथा व्यवस्थापनका लागि सबै देशहरूलाई सहकार्य गर्न आह्वान गरेको छ।

नेपालको सन्दर्भमा अनुमानित ४ लाख ४० हजार साना हातहतियारमध्ये केवल ५५ हजार मात्र कानुनी रूपमा दर्ता भएका छन्। खुला नेपाल–भारत सिमाना, चिनियाँ हतियारहरूको पहुँच र आपराधिक समूहहरूको संलग्नताले समस्या झन जटिल बनाएको छ। द्वन्द्वकालदेखि महिलाहरू, बालबालिका र सर्वसाधारण यस्ता हतियारद्वारा उत्पन्न हिंसाको प्रमुख शिकार भइरहेका छन्।

साना तथा हल्का हतियारहरूको सजिलो उपलब्धताले हत्या, बलात्कार, बालश्रम, बालसैनिक संलग्नता, अपांगता, मानसिक तनाव र सामाजिक अस्थिरता निम्त्याउँछ। यसलाई नियन्त्रण गर्न कानुनी संरचना सुदृढीकरण, सिमानामा सुरक्षा, जनचेतना र अन्तर्राष्ट्रिय सहकार्य अनिवार्य भएको प्रतियोगिताका सहभागीहरूले औँल्याए।

संयुक्त राष्ट्रसंघको कार्ययोजना कार्यान्वयनमा नागरिक समाज, विशेषगरी युवाहरूको भूमिका निर्णायक रहेको बताइयो। उनीहरूले शासन प्रणालीलाई उत्तरदायी बनाउने, वकालत गर्ने र जनचेतना अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कुल १४० सहभागीमध्ये भि.एस निकेतन माध्यमिक विद्यालयकी रोशनी कुमारी महतो प्रथम, बेबिलोन नेशनल विद्यालयकी सिजुका बस्याल द्वितीय, ब्रुकलिन एकेडेमीकी श्रीष्टि गौतम तृतीय तथा कान्जिरोवा नेशनल विद्यालयकी प्रमिता घिमिरे चौथो स्थान प्राप्त गर्न सफल भए।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १० : १४ बजे

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर