भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने « Khabarhub

भारतले इरानमा फसेका नेपालीको उद्धारमा सहयोग गर्ने


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले इरानमा फसेका नेपाली नागरिकको उद्धारका लागि सहयोग गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले भारतका छिमेकी मुलुक नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने बताएको हो । 

बीबीसीका अनुसार भारतीय दूतावासले आफ्नो एक्स (ट्विटर) पोस्टमार्फत् उद्धारका लागि नेपाली र श्रीलंकाली नागरिकले सम्पर्क गर्न भन्दै तीन वटा टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ । 

इरानका लागि भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावास इरानमा फसेका दुबै देशका नागरिकलाई पनि उद्धारका लागि सहयोग गर्ने छ ।’

केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री डा आरजु राणाले भारत सरकारसँग सो आग्रह गरेकी थिइन्। यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी लिइन् ।

इरानस्थित भारतीय दूताबासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरुलाई सम्पर्क गरी भारतीय दूताबासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूताबासले पनि सो सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरु र इरानस्थित भारतीय दूतबासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेका छन् ।

यससँगै भारतीय दूताबासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरुलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : २२ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा