विद्युत् प्राधिकरण सुधारका लागि यी तीन क्षेत्रमा काम गर्दैछन् हितेन्द्रदेव  | Khabarhub Khabarhub

विद्युत् प्राधिकरण सुधारका लागि यी तीन क्षेत्रमा काम गर्दैछन् हितेन्द्रदेव 

भन्छन् : अप्पर अरूण जस्तो ठूलो आयोजना आफैं थाल्छौँ


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशन हितेन्द्रदेव शाक्यले मुख्यतः तीन क्षेत्रमा सुधारको योजनासहित काम गरिरहेको बताएका छन् ।

शनिबार काठमाडौं आयोजित केही पत्रकारहरूसँग कुराकानीका क्रममा उनले तीन क्षेत्रमा सुधारको कामलाई तीव्रता दिएको बताएका हुन् । 

शाक्यले इलेक्ट्रिसिटी क्वालिटी (विद्युत्को गुणस्तर), इलेक्ट्रिसिटी सेक्युरिटी (सुरक्षा) र स्रोतको ग्यारेन्टी गर्न लागेको बताएका हुन् 

ऊर्जा सुरक्षा

उनले ऊर्जा सुरक्षाका लागि बिजुली उत्पादन बढाउने योजना सुनाए । त्यसो हुँदा चाहिएको बेलामा प्रयोग गर्न सकिने उनले बताए । 

‘हामीले ऊर्जा सुरक्षामा काम गर्नुपर्ने छ । ताकि गर्मीका बेलामा बिजुली चाहिँदा खोलामा बगाउन नपरोस्, खेर फाल्ने अवस्था नहोस्’, उनले भने, ‘अर्को इनर्जी सुरक्षाको कुरा छ । अब हामीले स्टोरेजलाई फोकस गर्नुपर्ने छ। उपभोक्तालाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ ।’

उनले सुधारका लागि काम गरिरहेको बताए। ‘हामीले गत वर्ष १५ सय गिगावाट बिजुली  निर्यात गरेका थियौँ । अहिले १८ सय गिगावाट निर्यात भएको छ’, उनले भने, ‘भारतबाट गरिँदै आएको बिजुली आयात पनि गत वर्षभन्दा कम हुँदै गएको छ ।’

शाक्यले अब उपभोक्तालाई भरपर्दो बिजुली चाहिएको बताएका छन् । ‘अब मानिसलाई भरपर्दो बिजुली चाहिएको छ। अब हाम्रो फोकस गुणस्तरीय बिजुलीमा हो’, उनले भने, ‘हामीलाई ट्रान्समिसनमा लगानी चाहिएको छ । ११ हजार मेगावाटको पीपीए भइसकेको छ । ट्रान्समिसन र वितरण प्रणाली पनि भरपर्दो चाहिएको छ।’

गुणस्तर 

शाक्यले विद्युत्को गुणस्तर बढाउनेतर्फ अब ध्यान दिन थालिएको पनि बताएका छन् । तर विद्युत्को गुणस्तर बढाउने कामको नतिजा तत्कालै नआउने उनले बताए। 

उनले विद्युत्को गुणस्तर बढाउन साधारणतया कति ट्रिपिङ भयो भनेर नापिरहेको बताए । ‘फ्रिक्वेन्सी र ड्युरेसन दुवै कोणबाट छलफल गरिरहेका छौँ । झ्याप झ्याप बत्ती जाने गुनासो धेरै छ । यसमा उपभोक्ताले पोहोरको कुरा भुल्छन्’, उनले भने, ‘अर्को कुरा प्राधिकरणमा नयाँ नेतृत्व आउँदा बढी रियाक्सन आएको हुन सक्छ।’

उनले काठमाडौं उपत्यकामा सानेपासहितका स्थानमा बढी ट्रिपिङ भएको देखिएको बताए । ‘ट्रिपिङसँगै केही ठाउँमा सटडाउन भएको छ । सट डाउनको समस्या पनि कम गरेका छौँ’, उनले भने, ‘ुगुणस्तर बढाउन काम हुँदैछ, नतिजा आउन समस्य लाग्छ ।’

शाक्यले ट्रिपिङसहितमा समस्या हल गर्न कम्तीमा दुईवटा फिडरबाट बिजुली जोड्ने काम भइरहेको बताएका छन् । ‘अहिले एउटा फिडर छ भने अर्को फिडरबाट जोड्न अतिरिक्त खर्च चाहिन्छ । त्यसको रिजल्ट आउन समय लाग्छ’, उनले भने, ‘हामी गत वर्ष र अहिलेको डाटा तुलान गरिरहेका छौँ । हाम्रो समाजमा  जसले बढी बोल्यो ऊ सफल भन्ने भएको छ । हामी तथ्यांकका आधारमा काम गरिरहेकाले सयम लाग्ला तर नतिजा आउँछ ।’

उनले अहिले धेरै ब्याट्री आधारित भएकोले समस्या भएको बताएका छन् । ‘ब्याट्रीमा वर्षमै समस्या आउँछ। अब हामी पावर  सोरेज र जलाशययुक्तमा केन्द्रित हुने हो । अप्पर अरूण हाम्रो पहिलो प्राथमिकता हो । विश्व बैंकले ऋण नदिए पनि हामी त्यसलाई थाल्छौँ। आफ्नै पैसामा काम थालेपछि मात्रै विश्व बैंकले पैसा दिन सक्छ।’

उनले भारत तयार नभएसम्म विश्व बैंकले पैसा दिन गाह्रो रहेको बताए । ‘अप्पर अरूणमा दक्षिणले ओके नभनेसम्म पैसा पाउँदैन भनेको छ विश्व बैंकले’, उनले भने, ‘अप्पर अरूणमा हाम्रो जोड छ । कुलेखानी सिस्नेरी सय मेगावाटको लाइसेन्स आउँदैछ । ६९० मेगावाटको हुर्लिङटारको लाइसेन्स आउँदैछ । पावर सोरेजमा जोड दिएर जाने हो । जहाँ ब्याट्री छ, त्यहाँ लोड हुनुपर्छ, हामी त्यही अनुसार काम गरिरहेका छौँ ।’

उनले अबको मुख्य ध्येय नै ट्रान्समिसन र वितरणमा सुधार रहेको बताए । 

स्रोत 

प्रबन्ध निर्देशक शाक्यले अहिले प्राधिकरणलाई पैसाको जोहो गर्नुपर्ने चुनौती रहेको बताएका छन् । ‘प्राधिकरणमा पैसाको जोहो गर्नुपर्ने अवस्था छ ।सस्तो ऋणको स्रोतहरू सुक्दै जाँदैछन्’, उनले भने, ‘हिजो लोडसेडिङ भएको थियो भनेर अल्झेर बस्ने समय छैन। अब हामीलु नयाँ नयाँ स्रोतको पहिचान नगरि नहुने भएको छ ।’

सरकारले दिँदै आएको पैसा तीन वर्षयता २१ अर्बदेखि घटाउँदै साढे २ अर्बमा पुर्याएको बताउँदै उनले बैंकहरूको लगानी पनि घट्दो रहेको उल्लेख गरे।

‘एसियाली विकास बैंकले पनि पीपीपी मोडलमा जाऊ भनेको छ । बन्ड र डिभेन्चरमा जाने भन्ने योजना छ । अर्थ मन्त्रालयबाट केही दिनमाद२० अर्बको बन्ड स्वीकृत हुँदैछ’, उनले भने, ‘हामीलाई बित्तको समस्या छ, पैसा जुटाउनु पर्नेछ । अहिले अपरेटिङ नाफामा छौँ, सञ्चित नाफा ४६ अर्ब छ तर बाँकी वक्यौता नै ४४ अर्ब पुगेको छ।’

कागजमा नाफा देखिएप पनि वक्यौता नउठेको उनले बताएका छन् ।

‘अपरेटिङ प्रोफिट १४ अर्बसम्म पुग्न सक्छ । भारतबाट बिजुली कति सस्तो र महँगो हुन्छ भन्नेमा धेरै भर पर्छ’, शाक्यले थपे, ‘यो वर्ष बंगलादेशबाट बिजुलीको ५० करोड भित्रिन्छ।’

प्राधिकरणसँग ६ अर्ब सम्पत्ति रहेको बताए । यो वर्ष १५ अर्ब नाफा हुन सकेमा प्राधिकरणको आर्थिक हैसियतमा सुधार हुने उनको तर्क छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ३२ बजे

हुन्डी कारोबार रोक्न हङकङस्थित नेपाली व्यवसायीको माग

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग

प्रतिनिधिसभा : १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० मन्त्रालयका लागि विनियोजित विभिन्न

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं– पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका

एमाले कोशीका सम्पर्क मञ्चका नेतालाई एक वर्षे राजनीतिक प्रशिक्षण 

काठमाडौं– नेकपा एमाले कोशी काठमाडौं सम्पर्क मञ्चले नेता कार्यकर्तालाई पार्टी,

बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते

मलङ्गवा – बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो