सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै  « Khabarhub

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक हस्तक्षेपविरुद्ध जनताको हस्ताक्षर कार्यक्रम सञ्चालन गरेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकमा हस्ताक्षर संकलन कार्यक्रममा राखिएको हो । 

सहकारी ठगी मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको रास्वपा पार्टी सुर्खेतका अध्यक्ष रमेशकुमार सापकोटाले बताए । उनका अनुसार यो देशभरका सबै जिल्लामा हुने छ । 

‘देशमा सुशासन नभएको बेला हाम्रो पार्टीका सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेकोले यो हस्ताक्षर कार्यक्रम सञ्चालन गरेका हौं,’ उनले भने, ‘सरकारले सभापति प्रतिशोधपूर्ण व्यवहारविरुद्धको आन्दोलनमा जनताको साथ छ भन्नका लागि हस्ताक्षर अभियान चलाएको हौँ ।’

त्यस्तै, अध्यक्ष सापकोटाले भिजिट भिसा प्रकरणमा मुछिएका रमेश लेखकको राजीनामा माग्दै सडकदेखि सदनसम्मको आन्दोलन पनि शुरु भएको बताए ।

 ‘पार्टीको स्थापना दिवसका अवसरमा सडकदेखि सदनसम्मको आन्दोलन शुरु भएको छ,’ उनले भने, ‘देशमा सुशासन ल्याउनका लागि हाम्रो पार्टीले अथक प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ५७ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको