काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव « Khabarhub

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिका– ४ मा निर्मित खानेपानी आयोजनाको उद्घाटन तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण कार्यक्रममा उनले काठमाडौंवासीले अब सधैँभरि पानी पाउने बताए । उनले मेलम्चीको पानी दैनिक आपूर्ति गरिने पनि बताए ।

मन्त्री यादवले आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सेवाको पहुँच पुर्‍याउन आवश्यक रणनीति बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा पानीको समस्या हुन नदिन आफू निरन्तर क्रियाशील रहेको परिणाम स्वरुप आयोजना समयमै सम्पन्न भएको उनको भनाइ थियो ।

काठमाडौं उपत्यकावासीका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट पनि थप पानी ल्याउनका लागि प्रयास भइरहेको मन्त्री यादवले जानकारी दिए ।

उक्त आयोजना बागमती प्रदेश सरकारअन्तर्गतको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ५, बूढानीलकण्ठ नगरपालिका, र केयुकेएलको संयुक्त समन्वयमा निर्माण भएको हो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १२ : ५९ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा