सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी « Khabarhub

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ्चालनमा आएको छ । 

साथै अझै तीन स्थानमा सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार नवपलरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । यहाँ हिजो यात्रुबाहक गाडी नै बगाएको थियो भने यात्रुलाई सकुसल उद्धार गरिएको थियो । 

रोल्पाको त्रिवेणी गाउँपालिका ७ जङ्डाँडामा पहिरोले घोराही–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ । पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका ३ सुरुङमार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द भएको छ । ती सडकहरु खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए ।

उनका अनुसार ललितपुरको बागमती गाउँपालिकामा पहिलोले अवरुद्ध कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टारमा पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोर पनि पहिरो पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ ।

यस्तै जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
 
शुक्रबारबाट देशभर नै मनसुन फैलिएकाले देशभर नै मनसुन वायुको प्रभाव रहेको छ । जसका कारण जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : ०८ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको