हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था | Khabarhub Khabarhub

हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग गरेका छन् । हङकङ तथा मकाउका लागि नवनियुक्त महावाणिज्य दूत डा. विन्देश्वरप्रसाद लेखकसँग नेपाल चेम्बर अफ कमर्स हङकङको प्रतिनिधिमण्डलले स्वागत भेट गरी हुन्डीमार्फत कारोवार हुँदा नेपालमा रहेका रेमिट्यान्स कम्पनीसँगै राजश्वमा असर परेको भन्दै सचेत गराएको छ ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष शशी मदन राईले नेपाल र हङकङबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र दुबै पक्षका व्यवसायीहरूलाई सहज व्यापारका लागि प्रोत्साहन आवश्यक रहेको बताए ।

उनले नेपाली नागरिक र व्यवसायीहरूको हङकङ प्रवेश सहजीकरणका लागि ध्यानाकर्षण गराए । व्यवसायीहरुले आपतकालीन अवस्थामा नेपाली नागरिकलाई कसरी सहायता गर्ने भन्ने विषयमा दूतावास र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

महावाणिज्य दूत डा. लेखकले आफू जनसेवक र सरकारको प्रतिनिधि भएक कारण इमान्दारपूर्वक अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । आफूले गर्न सक्ने काम तत्काल गर्ने र अरु माग सम्बन्धित निकायहरुमा पुर्‍याउने आश्वासन दिँदै महावाणिज्यदूत लेखकले रचनात्मक सुझाव र सहयोगका लागि आफ्नो कार्यालय चौबीसै घण्टा खुल्ला रहेको बताए ।

भेटमा संस्थाका संरक्षक दासुराम पराजुली, सल्लाहकार राजेश भीमसरिया, उपाध्यक्ष धिराजकुमार साम्पाङ राई, महासचिव डेनी वरदान गुरुङ, सचिव प्रकाश (जेपी) गुरुङ, सदस्य श्याम इङनाम, मनोज गौतम र बज्रकुमार राई सहभागी थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : १९ बजे

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी

मधेसमा अर्को ‘ट्विस्ट’ लोसपापछि एमालेको समर्थनमा कांग्रेसले गर्‍यो सरकारमा दाबी 

जनकपुरधाम– मधेश प्रदेशको मुख्यमन्त्रीका लागि लोसपा पछि नेपाली कांग्रेसका संसदीय