हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था « Khabarhub

हङकङका व्यवसायीले मागे रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङका व्यवसायीहरुले रेमिट्यान्स पठाउन आधिकारिक वित्तीय संस्था स्थापनाको माग गरेका छन् । हङकङ तथा मकाउका लागि नवनियुक्त महावाणिज्य दूत डा. विन्देश्वरप्रसाद लेखकसँग नेपाल चेम्बर अफ कमर्स हङकङको प्रतिनिधिमण्डलले स्वागत भेट गरी हुन्डीमार्फत कारोवार हुँदा नेपालमा रहेका रेमिट्यान्स कम्पनीसँगै राजश्वमा असर परेको भन्दै सचेत गराएको छ ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष शशी मदन राईले नेपाल र हङकङबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने र दुबै पक्षका व्यवसायीहरूलाई सहज व्यापारका लागि प्रोत्साहन आवश्यक रहेको बताए ।

उनले नेपाली नागरिक र व्यवसायीहरूको हङकङ प्रवेश सहजीकरणका लागि ध्यानाकर्षण गराए । व्यवसायीहरुले आपतकालीन अवस्थामा नेपाली नागरिकलाई कसरी सहायता गर्ने भन्ने विषयमा दूतावास र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

महावाणिज्य दूत डा. लेखकले आफू जनसेवक र सरकारको प्रतिनिधि भएक कारण इमान्दारपूर्वक अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । आफूले गर्न सक्ने काम तत्काल गर्ने र अरु माग सम्बन्धित निकायहरुमा पुर्‍याउने आश्वासन दिँदै महावाणिज्यदूत लेखकले रचनात्मक सुझाव र सहयोगका लागि आफ्नो कार्यालय चौबीसै घण्टा खुल्ला रहेको बताए ।

भेटमा संस्थाका संरक्षक दासुराम पराजुली, सल्लाहकार राजेश भीमसरिया, उपाध्यक्ष धिराजकुमार साम्पाङ राई, महासचिव डेनी वरदान गुरुङ, सचिव प्रकाश (जेपी) गुरुङ, सदस्य श्याम इङनाम, मनोज गौतम र बज्रकुमार राई सहभागी थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : १९ बजे

बाख्रा चराउन गएका एक व्यक्तिको ढुङ्गाले लागेर मृत्यु

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु

विश्वकपमा आज भारत र पाकिस्तानको रोचक भिडन्त

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार भारत र

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

बाँके– नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट– रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै मोटरसाइकल

निरन्तर निर्वाचन क्षेत्रमा केन्द्रित ओली, आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन