लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने | Khabarhub Khabarhub

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट सुरु गर्ने भएको छ । मधेस प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभाको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् । 

अर्थमन्त्री यादवले लहानको उत्तरी भेगमा रहेको धार्मिक र पर्यटकीय महत्वको काब्रे महादेव क्षेत्रलाई कोशी प्रदेशको उदयपुर जिल्लासँग जोड्ने सडक निर्माणको योजना अघि बढाउने स्पष्ट पारे ।

‘अन्तरप्रदेशीय आवागमन सहज बनाएर व्यापार–व्यवसायलाई प्रवर्द्धनका साथै पर्यटनको विकास गर्ने मुख्य उद्देश्य हो’, मन्त्री यादवले भने।

मन्त्री यादवका अनुसार सडक पूर्वाधारले मधेस प्रदेशको आर्थिक अवस्था मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

 ‘धार्मिक पर्यटनसँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन मार्ग सहयोगी हुनेछ’, उनले थपे । 

त्यस्तै, लहान नगरपालिकाले प्रस्तुत गरेको आव २०८३-८३ को बजेटको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा ल्याइएका योजनालाई सफल बनाउन प्रदेश सरकारले साथ दिने आश्वासन दिए । 

त्यसैगरी, लहानको  खुट्टी नहर पुनःसञ्चालनको लागि मधेस प्रदेश सरकारले बजेट समावेश नगरेको भन्दै आलेचनाकाबीच मन्त्री यादवले रकमान्तर गरेर भए पनि आवश्यक रकम व्यवस्थापन गरिने बताए। ‘किसानको मागलाई बेवास्ता गरिन्न’, उनले भने। 

जिल्लाको सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । 
 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ३६ बजे

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने

मुस्ताङ – मुस्ताङको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई

एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले एकै पटक ७२ जना सहसचिवको सरुवा गरेको

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा

कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए

काठमाडाैं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह