हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ | Khabarhub Khabarhub

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका ‘जोगी’ उपनामले चिनिने लोकबहादुर महत पक्राउ परेका छन् । उनलाई चितवनको देवघाटस्थित एक वृद्धाश्रमबाट प्रहरीले पक्राउ गरेको हो ।

महोत्तरी बर्दिवास नगरपालिका–१ का ४६ वर्षीय महत २०८२ असार ५ गते बिहान करिब ५ बजेको समयमा तनहुँको देवघाट गाउँपालिका–५ बद्रिमुक्ति टोलका ३२ वर्षीय प्रकाश पौडेलको हत्या गरी फरार भएका थिए । मादक पदार्थ सेवन गरी कुटपिट गर्दा पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनामा संलग्न अन्य दुई अभियुक्त—पाल्पा तानसेन नगरपालिका–८ का २८ वर्षीय बुद्ध सारु मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ का ४२ वर्षीय राम लामा-लाई असार ५ कै दिन पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तर, हत्या आरोपमा संलग्न महत भने घटनापछि फरार थिए । उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी निरीक्षक उदयराज पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले असार ७ गते बिहान करिब १० बजे चितवन भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लब चितवनले सञ्चालन गरेको वृद्धाश्रममा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो । 

प्रहरीले महतलाई नियन्त्रणमा लिएर तनहुँको आबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयमार्फत थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिएको छ ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी आशिष विकका अनुसार घटनामा संलग्न सबै तीन अभियुक्त पक्राउ परिसकेका छन् र विस्तृत अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : १३ बजे

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने

मुस्ताङ – मुस्ताङको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई

एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले एकै पटक ७२ जना सहसचिवको सरुवा गरेको

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा

कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए

काठमाडाैं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह