कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने « Khabarhub

कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानमा जारी कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलाम फाइनलबीच रोमान्चक भिडन्त हुने पक्का भएको छ ।  

धरान बास्केटबल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास बोर्डको संयोजकत्वमा सञ्चालित शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहज रुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेपछि इलामसँग भिडन्त पक्का भएको हो ।  

सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । खेलमा सुनसरीले धनकुटा विरुद्ध प्रत्येक क्वाटरमा १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका सुसन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

यसै गरि सोहि दिन भएको दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकको अन्तरले परजित गर्दै फाइनल प्रवेश गरेको छ । इलाम र भोजपुरले खेलको प्रत्येक क्वाटरमा १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडेका थिए । उत्कृष्ट प्रदर्शन गरेका इलाम बास्केटबल टिमका मनिस तामाङ घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको हात वाट ट्रफी प्रदान गरे । 

सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्लाका टिमले सहभागिता जनाएको कोशी प्रदेश स्तरीय बास्केटवल प्रतियोगिताका विजेताले नगदराशी २ लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद नगदराशी १ लाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडि धरान मेघा एमभिपि मोस्ट भ्यालुएबल प्लेयर उपाधि विजेताले नगद  १० हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

गत बिहीबार देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : २२ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले