खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा « Khabarhub

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अदानचुली – जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा भएको छ । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले डिजिटल प्रविधिमार्फत सुर्खेतबाट कार्यक्रमको उद्‌घाटन गर्दै खार्पुनाथलाई हुम्लाको पहिलो बालश्रम तथा बालविवाहमुक्त पालिका घोषणा गरेका हुन् ।

पाँचवटा वडा भएको खार्पुनाथका सबै वडाले यसअघि वडा बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिसकिएकाले आज गाउँपालिका घोषणा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए। पालिका क्षेत्रभित्र १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने सामूहिक प्रतिबद्धता भएसँगै पालिकालाई बालश्रम तथा बालविवाहमुक्त घोषणा गरिएको उनले उल्लेख गरे ।

बालश्रम तथा बालविवाहमुक्त घोषणा गर्ने अभियानअन्तर्गत खार्पुनाथ–१ मा गत जेठ १६ गते, वडा नं २ मा २२ गते, वडा नं ३ मा २३ गते, ४ मा १४ गते र वडा नं ५ मा २० गते घोषणा गरिएको गाउँपालिकाका अधिकृत दीपक शाहीले जानकारी दिए । 

प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार केही दिनअघि जिल्लाको सिमकोट गाउँपालिका–२ का १५ वर्षीय युवक र खार्पुनाथ गाउँपालिका–२ की १४ वर्षीया बालिकाबीच भएको विवाह पनि बदर गरिएको छ । जिल्लामा पहिलो पटक उमेर नपुगी गरिएको बालविवाह बदर भएको उनले जानकारी दिए ।

स्थानीय सरकार, सरोकार भएका, स्थानीय बासिन्दालगायतको सामूहिक प्रतिबद्धता अनुसार कोहीकसैले बालविवाह गर्नरगराउन नपाउने, १८ वर्ष नपुगी कुनै पनि विकास आयोजनाका काम गर्न-गराउन नपाउने गरी पहिलो गाउँपालिकाका रूपमा खार्पुनाथलाई घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताए।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिभराज शर्मा, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शंकर पोखरेल, स्थानीय जनप्रतिनिधिलगायत जिल्लास्थित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

गाउँपालिकास्थित सीता माध्यामिक विद्यालय, मान्धारा माध्यामिक विद्यालयलगायत अन्य विद्यालयका छात्रछात्राद्वारा बालश्रम र बालविवाहसम्बन्धी जनचेतनामूलक देउडा गीत, नृत्यसँगै विभिन्न किसिमका झाँक्री प्रदर्शन गरिएको अध्यक्ष रावलले जानकारी दिए । 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ७ : ४१ बजे

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको