मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन | Khabarhub Khabarhub

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन गरेका छन् ।

सरकारले यस अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल घोषणा गरेपछि मुख्यमन्त्री शाहले पहिलोपटक अनुगमन गरेका हुन् । गत जेठ २६ मा नेपाल सरकारको मन्त्रीपरिषद बैठकले १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको थियो ।

प्रदेश सरकारले यस अस्पतालको आकस्मिक कक्ष तथा प्रयोगशालाका लागि रु दुई करोड बराबरको उपकरण हस्तान्तरण गरेको थियो । उपकरण प्रयोग भए नभएको र जनताले सेवा सुविधा पाए नपाएको विषयमा मुख्यमन्त्री शाहले अनुगमनका क्रममा जानकारी लिए । साथै अस्पतालको निर्माणाधीन भवनको जानकारी लिए ।

प्रदेश सरकारले लम्कीचुहा अस्पताललाई उपलब्ध गराएको बर्थिङ सेन्टरको आकस्मिक कक्षमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटरलगायतका सामग्री प्राप्त गरी सञ्चालनमा ल्याएको र केही उपकरण नयाँ भवन निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याइने अस्पतालका व्यवस्थापक जयन्द्र जैशीले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ८ : २६ बजे

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना