नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो | Khabarhub Khabarhub

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर र नगरपालिकामा विविध कार्यक्रम गरी मनाइएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको संयोजनमा काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरलगायत सहर र नगरपालिकामा आज विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो ।

यस वर्षको ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ विषयवस्तु अनुरुप अन्तरराष्ट्रिय योगदिवस ७५ दिन अगावै भारतीय राजदूतावासले गत चैत २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियोे ।

भारतीय सेनाका पूर्वसैनिकहरूको सक्रिय सहभागितामा अन्तरराष्ट्रिय योगदिवसका सन्दर्भ पारी भारतीय राजदूतावासले गत वैशाख १९ गते काठमाडौँस्थित इसिएचएस पोलिक्लिनिकमा योगसत्र सञ्चालन गरेको थियो । त्यस्तै गत जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योगसत्र आयोजना गरिएको थियो । जसमा नेपाली सेनाका कर्मचारीको सहभागिता थियो ।

राजदूतावासले काठमाडौंँ उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदास्थल क्रमशः पशुपतिनाथ मन्दिर (विसं २०८१ चैत्र २५), काठमाडौंँ दरबार स्क्वायर (विसं २०८२ जेठ २३), बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा (विसं २०८२ जेठ २६), चाँगुनारायण मन्दिर (विसं २०८२ जेठ २७) र पाटन दरबार स्क्वायर (विसं २०८२ जेठ ३१)मा योग आसन प्रदर्शन आयोजना गरेको थियो ।

मध्यनेपाल नगरपालिकासँगको सहकार्यमा रमणीय लमजुङमा यही असार ५ गते योग प्रदर्शन आयोजना गरिएको थियो । त्यस्तै राजदूतावासले पोखराको तीन प्रमुख स्थलमा अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यहरूका लागि प्रसिद्ध सराङकोट भ्यू पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक शान्तिसँगै मनोरम दृश्य देख्न पाइन्छ र रमणीय अनदु डाँडामा अवस्थित सुन्दर शान्ति स्तूपमा योग प्रदर्शन सञ्चालन गरेको थियो ।

योगको उत्सवलाई निरन्तरता दिँदै राजदूतावासले असार ६ गते पोखराको फेवातालको शान्त किनारमा एक बृहत स्तरको योग र ध्यानसत्रको आयोजना गरेको थियो । असार ६ गते राजदूतावासले लुम्बिनीस्थित लुम्बिनी विकास कोषमा एक बृहतस्तरको योग प्रदर्शन आयोजना गरेको थियो ।

सन् २०२५ मा नेपालमा राजदूतावासले आयोजना गरेको अन्तरराष्ट्रिय योगदिवस समारोहको मुख्य आकर्षण पोखरा महानगरपालिकासँगको सहकार्यमा आज असार ७ गते पोखराको रङ्गशालामा आयोजित भव्य योग प्रदर्शन थियो ।

उक्त कार्यक्रममा सो क्षेत्रभरिका करिब सात हजारभन्दा बढी योग अभ्यासकर्ताको उत्साहजनक सहभागिता रहेको दूतावासले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, भारतीय राजदूत नवीन श्रीवास्तवलगायत विशिष्ट व्यक्ति सहभागी भएका थिए ।

त्यस्तै भारतीय महावाणिज्य दूतावासले जनकपुर, चितवन, वीरगञ्ज, हेटौँडा, रौतहट र बरियारपुरमा अन्तरराष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ३३ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट