सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

पर्यटकीयस्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमना तावाभञ्याङ र पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्तीखर्क हुँदै चखेवासम्म २२ किलोमिटर दूरीमा दौड प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा समूहतर्फ सिलिचोङ प्रथम, टेम्के द्वितिय र मैयुङ तृतिय बनेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिए । उनका अनुसार पुरुष एकलतर्फ निर्धारित दूरी एक घण्टा ४६ मिनेट ५७ सेकेन्डमा पूरा गर्दै विशाल राई प्रथम, एक घण्टा ४८ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै सरोज लिम्बु द्वितीय र दिपक राई तृतीय बनेका छन् ।

महिला एकलतर्फ निर्धातिर दूरी दुई घण्टा २२ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै दिर्पा बस्नेत प्रथम, कृष्मा राई द्वितीय र जुलिन राई तृतीय भएका अध्यक्ष राईले जानकारी दिए ।

प्रतियोगितामा समूहतर्फ प्रथम हुनेले प्रमाणपत्रका साथमा रु ४० हजार, द्वितीयले रु ३० हजार र तृतीयले रु २० हजार पाएका छन् । एकलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार पाएका आयोजकले जनाएको छ ।

पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यका साथ टेम्केमैयुङ गाउँपालिकाको रु पाँच लाख आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले जनकारी दिए । गाउँपालिकाले कृषि र पर्यटनलाई जोड्दै यहाँको प्रचारप्रसार गर्ने लक्ष्यसहित बर्सेनि मुन्दुम ट्रेल रेसको आयोजना गर्दै आएको उनले बताए ।

मुन्दुम पदमार्गको प्रचारप्रसारसँगै यहाँको पर्यटन प्रवर्द्धनसहित समग्र विकासका लागि जोड दिँदै आइएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। मुन्दुम पदमार्ग सङ्घीय सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकाले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य र समन्वय गरी यहाँको विकास र विस्तार गर्ने काम भइरहेको उनले उल्लेख गरे ।

मैयुङ क्षेत्रमा पर्ने पर्यटकीयस्थलहरूको नामलाई समेटर तिनको प्रचारप्रसार, प्रवर्द्धन र संरक्षण गर्ने लक्ष्यले विभिन्न समूहको नामकरण गरिएको हो । प्रतियोगितामा नौ समूहको सहभागिता थियो । एक समूहमा तीन महिला र तीन पुरुष सहभागी छन् ।

वर्षाको समयमा पनि पदमार्गको भ्रमणमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजनासहित आयोजना गरिएको प्रतियोगिता सफल भएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ३७ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट