रावण केन्द्रित फिल्म ‘रामायण’ घोषणाः रामको रूपमा सूर्य, सीताको रूपमा आलिया « Khabarhub

रावण केन्द्रित फिल्म ‘रामायण’ घोषणाः रामको रूपमा सूर्य, सीताको रूपमा आलिया


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धार्मिक पौराणिक कथा ‘रामायण’ फेरि एकपटक चर्चामा आएको छ। एकातर्फ अभिनेता रणबीर कपूर, यश, साई पल्लवीजस्ता कलाकारको अभिनय रहने बहुप्रतिक्षित फिल्म ‘रामायणम्’ छ, भने अर्कोतर्फ साउथ अभिनेता तथा निर्माता विष्णु मांचूले अर्कै ‘रामायण’ प्रोजेक्टको घोषणा गरेका छन्।

भारतीय मिडिया टाइम्स अफ इंडियाको एक अन्तर्वार्तामा विष्णु मांचूले रामायणको कथामा आधारित फिल्म बनाउने पुरानो योजना खुलाएका छन्।

उनका अनुसार, उनले ‘रामायण’ फिल्मको स्क्रिप्ट सन् २००९ मै तयार गरेका थिए र त्यसमा भगवान रामको भूमिकाका लागि साउथ सुपरस्टार सूर्या, सीता माताका लागि बलिउड अभिनेत्री आलिया भट्ट, र रावणको भूमिकामा आफ्ना पिता मोहन बाबूलाई लिन चाहन्थे। उक्त फिल्मलाई राघवेंद्र रावले निर्देशन गर्ने तय भएको थियो।

विष्णुका अनुसार फिल्मको कथा रावणको जन्मदेखि मृत्युसम्म केन्द्रित रहनेछ। बजेट ठूलो भएकाले उक्त परियोजना त्यतिबेला अगाडि बढ्न सकेन। तर अहिले फेरि उनले यस योजना पुनः अघि बढाउने संकेत दिएका छन्। विष्णुले आफूले हनुमानको भूमिका निर्वाह गर्ने चाहना पनि व्यक्त गरेका छन्।

यसअघि विष्णु मांचूले ‘कन्नप्पा’ नामक पौराणिक फिल्म निर्माण गरेका थिए, जसमा बलिउड अभिनेता अक्षय कुमारको पनि विशेष उपस्थिति थियो। ‘कन्नप्पा’ फिल्म असार १३ गते शुक्रबार प्रदर्शनमा आएको थियो। तर यो फिल्मले अपेक्षित सफलता प्राप्त गर्न सकेन।

यसैबीच, बलिउड अभिनेता रणबीर कपूर अभिनित फिल्म ‘रामायणम्’ पनि चर्चामा छ, जुन निर्देशक नितेश तिवारीको निर्देशनमा निर्माण भएको हो। फिल्मको पहिलो भाग दिपावली २०२६ र दोस्रो भाग दिपावली २०२७ मा प्रदर्शन हुने तय गरिएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ८ : २३ बजे

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द