एक लाख २२ हजार पर्यटकबाट गोरखा दरबार सङ्ग्रहालयको अवलोकन « Khabarhub

एक लाख २२ हजार पर्यटकबाट गोरखा दरबार सङ्ग्रहालयको अवलोकन


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।

गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिए ।

आव २०८०–०८१ मा एक लाख १९ हजार १८७ जनाले सङ्ग्रहालयको अवलोकन गरेका थिए । उनले भने, ‘पछिल्लो तथ्याङ्क हेर्दा सङ्ग्रहालयको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।’ गएको एक वर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरूबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् ।

उनका अनुसार सङ्ग्रहालय खुला गरिएदेखि हालसम्मको तथ्याङ्कमा यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । २०६५ सालमा सङ्ग्रहालय सर्वसाधारण र पर्यटकका लागि खुला गरिएको थियो ।

सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजा हेर्न पाउनेछन् ।

करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आकर्षक देखिन्छ ।

सङ्ग्रहालय भित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरू भुल्ने गर्दछन् । (रासस)

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १० : १६ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री