पाकिस्तानमा बाढी पहिरोका कारण २ सय जनाभन्दा धेरैको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढी पहिरोका कारण २ सय जनाभन्दा धेरैको मृत्यु


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ ।

जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण एनडीएमएले जानकारी दिएको छ।

जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १ सय २३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा १६ र इस्लामाबाद र पाकिस्तान प्रशासित कश्मीरमा १–१ जनाको मृत्यु भएको छ ।

एनडीएमएका अनुसार भवन भत्किँदा १ सय १८, बाढीका कारण ३० जनाको मृत्यु भएको छ भने डुबेर, चट्याङ, विद्युत् करेन्ट र पहिरोका कारण पनि धेरैको मृत्यु भएको छ।

पाकिस्तानमा आएको बाढीका कारण अहिलेसम्म ५६० भन्दा बढी घाइते भएका छन् जसमा १८२ बालबालिका रहेका छन् । उनीहरू यतिखेर आश्रयस्थल र स्थानिय अस्पतालमा उपचाररत रहेका छन् ।

पाकिस्तानमा हरेक वर्ष जुनदेखिसेप्टेम्बरको बीचमा मनसुन बाढी आउँछ। जसले गर्दा ठूलो धनजनको क्षति हुँदै आएको छ ।

उता संयुक्त राष्ट्रसंघले खैबर पख्तुनख्वा र गिल्गिट–बाल्टिस्तानका पहाडी क्षेत्रमा हिमनदीको ताल फुट्ने सम्भावना रहेको चेतावनीसमेत दिएको छ । सो हिमताल फुटेमा थप क्षति हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : २० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल