भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए  | Khabarhub Khabarhub

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन लाख २० हजार ६४८ जनाले सेवा लिएका छन् । जसमध्ये ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको हो । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट शल्यक्रिया गरिएको छ । 

अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन लाख ५३ हजार ३९७ जनाको आँखा उपचार गरिएको थियो । 

उक्त वर्ष ११ हजार ३२४ जनाको शल्यक्रिया गरिएको थियो । तीमध्ये चार हजार ३१२ जनाको फेको प्रविधिबाट शल्यक्रिया गरिएको हो । 

नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गरेको यस अस्पताल मातहत चितवनसहित आठ वटा जिल्लाका २५ ठाउँमा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालनमा छन् । 

गत आर्थिक वर्षमा अस्पतालबाहिर बाह्य क्याम्प (शिविरमार्फत) ४० हजार ९३३ जनाको उपचार गरिएको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४२ हजार ८९४ रहेको थियो । 

अस्पतालका कार्यवाहक अध्यक्ष तेजेन्द्र खड्काका अनुसार अघिल्लो वर्ष आँखा पाक्ने समस्याले बिरामीको उच्च चाप भएकामा गत वर्ष यो समस्या कम रहेको थियो । 

यस्तै, अन्य सरकारी र निजी क्षेत्रका अस्पतालहरूले पनि आँखाको सेवा विस्तार गरेसँगै बिरामीको सङ्ख्या केही घटेको हो । यद्यपि अस्तपालाले क्षेत्रसँगै सेवा विस्तार गर्दै गएको उनले बताए । 

सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा विभिन्न जिल्लाका पालिकाहरूमा आँखा सेवा पुर्‍याइएको उनले बताए । विभिन्न दातामार्फत प्राप्त हुने उपकरण र सहयोगका कारण सुलभ शुल्कमा उच्चस्तरको आँखाको उपचार दिन सकिएको उनी बताउँछन् । 

अस्पतालको भरतपुरमा सबै खाले उपचार हुने आँखाको टर्सरी अस्पताल छ भने भरतपुर हाइटमा सिटी क्लिनिक सञ्चालनमा छ । 

पर्साको ठोरी र नवलपरासीको कावासोतीमा शल्यक्रिया सेवासहितको अस्पताल छ भने २१ ठाउँमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

विक्रम संवत् २०४४ चैत १८ गते भरतपुरमा स्थापना भएको यस आँखा अस्पतालले सेवा विस्तार गर्दै आठ वटा जिल्लामा पुगेको हो । चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पर्सा, बारा, धादिङ, सिन्धुली, तनहुँ र सर्लाहीमा अस्पताल र क्याम्पमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ४१ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत