तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक « Khabarhub

तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सोमबार मध्याह्नबाट सुरू भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भनिए पनि एक घण्टापछि सुरू भएको हो ।

बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदाबारे छलफल हुँदैछ ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यसअघि सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने छन् ।

प्रस्तावित विधानबारे इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ । त्यसैगरि राजनीतिमा आउने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे पनि कुराकानी हुँदैछ ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्रै बैठकमा बोल्न अवसर पाउने गौतमले जानकारी दिए ।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य छन् । बैठक भाेलि (मंगलबार) सम्ममा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरूले धारणा राख्न समय लिएमा बुधबारसम्म लम्बिन सक्ने एमालेले जनाएको छ ।

यही साउन १ गते बसेको पार्टीको सचिवालय तथा २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइएको छ ।

उपाध्यक्ष पौडेलले विधानमा यी विषयहरू पनि समेटेर केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने छन् । केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १२ : ३० बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र