प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध « Khabarhub

प्राविधिक गडबडीका कारण अलास्का एयरलायन्सका उडान अवरूद्ध


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- अलास्का एयरलाइन्सले अमेरिकी सङ्घीय उड्डयन प्रशासन एफएएले जारी गरेको सुझावअनुसार आफ्ना सबै उडान अर्को सूचना नभएसम्मका लागि रोक्न अनुरोध गरेको छ ।

एयरलाइन्सले स्थानीय समयअनुसार आइतबार एएफपीसँग सूचना प्रविधिको अवरूद्धताको अनुभव गरिएको र यसले उडान सञ्चालनलाई असर गरिरहेको जनाएको छ । कम्पनीले ‘समस्या समाधान नभएसम्म’ अलास्का र होराइजन एयरको उडानसम्बन्धी सेवा अस्थायीरूपमा रोक्न अनुरोध गरेको छ।

एफएएले कम्पनीका विमानको ग्राउन्ड स्टपबाट सबै गन्तव्यहरू प्रभावित भएको देखाएको छ । एएफपीले समस्याबारे टिप्पणीका लागि गरेको अनुरोधमा उसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

अलास्का एयरलाइन्सले विमानस्थलमा जानुअघि यात्रुलाई आफ्नो उडानको अवस्था जाँच्न आग्रह गर्दै अवरोधका लागि क्षमा याचना गरेको छ । “यो असुविधाका लागि हामी हाम्रा पाहुना (यात्रु) सँग क्षमा याचना गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

“साँझभरि हाम्रो अपरेसनमा अवशिष्ट प्रभावहरू हुने पनि विज्ञप्तिमा उल्लेख छ । एक्समा पनि पोस्ट गरिएको यो बयानले निराश यात्रुहरूको प्रतिक्रियालाई आकर्षित गरेको थियो ।

“यो क्रूर छ । हामी दुई घण्टादेखि विमानस्थलमा बसिरहेका छौं,’ कालेब हेमलिच नाम गरेका एक्स प्रयोगकर्ताले जवाफमा लेखेका छन् ।

गत वर्ष जनवरीमा पोर्टल्याण्ड, ओरेगन र क्यालिफोर्नियाको ओन्टारियोबीच अलास्का एयरलाइन्सको उडानका क्रममा बोइङ ७३७ म्याक्स ९ को डोर प्लग सेक्शन विस्फोट भएको एक वर्षभन्दा बढी समयपछि यो घटना भएको हो ।

शुक्रबार १ सय ७१ यात्रु र चालक दलका छ सदस्य रहेको विमानमा गहिराइबाट आरोहणको समयमा अनुभव गरिएको दबावको कमीसम्बन्धी परिवेशबाट बच्न सफल भएपछि एफएएले अमेरिकी एयरलाइन्सद्वारा सञ्चालित अधिकांश बोइङ ७३७–९ विमानहरू ग्राउन्डेड गरिएको हो ।

गत महिना अमेरिकी अनुसन्धानकर्ताहरूले बोइङले उत्पादन मूलक कर्मचारीलाई पर्याप्त तालिम दिन नसक्नु अलास्का एयरलाइन्सको विमान दुर्घटनाको मुख्य कारण भएको बताएका थिए ।

अलास्का एयर ग्रुपसँग २३८ बोइङ ७३७ र ८७ एम्ब्रेयर १७५ विमान गरी ३२५ विमान छन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : २४ बजे

बेमौसमी वर्षाले पोखरामा काटेको धान खेतमै भिज्यो, कृषक चिन्तित

कास्की – धान भित्र्याउने तयारीमा रहेका पोखराका किसानलाई आज साँझ

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले