टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या ! « Khabarhub

टाढिन लागेको भन्दै काभ्रेमा प्रेमिकाको हत्या !


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेमा अर्कै युवकसँग लागेर टाढिएको भन्दै एक युवकले प्रेमिकाको हत्या गरेका छन् । रामेछापको मन्थली–१३ का ३७ वर्षका सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेका हुन् । 

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्क घर भइ बनेपा बस्दै आएकी शर्मिलाको हत्या गरेको अभियोगमा सुनारलाई आइतबार मध्यरातमा एक ईटाभट्टाबाट पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीले हत्या अभियोग लागेका सुनार सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाबारे विस्तृत जानकारी दिइएको छ । प्रहरीका अनुसार सुनारले शर्मिलाको हत्या गर्नुको कारण प्रारम्भिक बयानका क्रममा खुलाएका हुन् । 

जिल्ला अदालतबाट चार दिनको म्याद लिएर सुनारमाथि अनुसन्धान अघि बढाइएको भइरहेको प्रवक्ता (प्रहरी नायव उपरीक्षक) मिनबहादुर घलेले बताएका छन् । 

उनका अनुसार युवतीको शव आइतबार दिउँसो बनेपा नगरपालिका-१३ मा पर्ने भगवान थुम्की सामुदायिक जंगलमा फेला परेको थियो । युवती गत असार ३२ गतेदेखि नै हराएकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  १ : ५८ बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय