ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि… « Khabarhub

ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो शेयर गरेपछि…


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक हमला गरेका छन् ।

उनले सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा एक भिडियो पोस्ट गरेका छन्, जसमा एफबीआई एजेन्टहरूले ओबामालाई गिरफ्तार गरेको देखाइएको छ।

तर, यो भिडियो आर्टिफिसियल इन्टेलिजेन्स एआईको सहयोगमा तयार गरिएको हो । भिडियोको क्याप्सनमा भनिएको छ, ‘कानुनभन्दा माथि कोही छैनन् ।’

भिडियोमा दुई एजेन्टहरूले ओबामालाई हातकडी लगाएको देखिएको छ । ट्रम्प नजिकै मुस्कुराउँदै बसेका छन् । भिडियोको अन्त्यमा ओबामालाई जेलमा कैदीको बर्दीमा देखाइएको छ ।

ट्रम्पले कुनै स्पष्टीकरणबिना भिडियो पोस्ट गर्नुलाई धेरैले गम्भीर रूपमा हेरका छन् । तर, यस्तो भिडियोले सर्वसाधारणलाई भ्रममा पार्नसक्ने आलोचकहरू बताउँछन् । ट्रम्पले हालै ओबामामाथि चुनावी धाँधलीको आरोप लगाएका बेला यो भिडियो सार्वजनिक भएको हो ।

केही दिन अघि अमेरिकाको डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्स डीएनआईका निर्देशक तुलसी गबार्डले २०१६ मा ओबामा प्रशासनका केही व्यक्तिहरूले ट्रम्प र रुसबीचको झूटो षड्यन्त्रको कथा बनाएको देखाउन सफल भएको दाबी गरेकी थिइन् ।

गबार्डले ट्रम्पलाई राष्ट्रपति बन्नबाट रोक्नको लागि यो प्रयास गरिएको र यो अमेरिकी लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको बताएकी थिइन् । ‘अब अमेरिकीहरूले कसरी गुप्तचर एजेन्सीहरूलाई दुरुपयोग गरियो भन्ने बारे सत्य थाहा पाउनेछन्,’ उनले भनेकी थिइन् ।

यद्यपि, डीएनआईद्वारा जारी गरिएको १ सय १४ पृष्ठको प्रतिवेदनले नोभेम्बर २०१६ को चुनावअघि अमेरिकी गुप्तचर एजेन्सीहरूले रूसले प्रत्यक्ष रूपमा चुनावलाई प्रभाव पार्ने प्रयास नगरेको विश्वास गरेको उल्लेख छ ।

प्रतिवेदनले ८ डिसेम्बर २०१६ को जानकारीलाई उद्धृत गरेको छ, जसमा रुसले अमेरिकी चुनावको नतिजा परिवर्तन गर्न कुनै साइबर आक्रमण नगरेको बताएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : ०८ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका