हाम्रा संस्कृति भनेका खुला संग्राहलय हुन् : मन्त्री पाण्डे  | Khabarhub Khabarhub

हाम्रा संस्कृति भनेका खुला संग्राहलय हुन् : मन्त्री पाण्डे 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध संगीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताएका छन् ।

२६ औँ स्व अरूण मगरको स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान एवम् बृहत् सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राण तत्व भएको स्पष्ट पारे ।

 उनले भने, ‘संस्कृति भित्र प्राण छ। हामी खुला सङ्ग्रहालयका रूपमा बाँचिरहेका छौं। हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो।’

मन्त्री पाण्डेले नेपालमा हाल १३१ वटा भाषाहरू बोलिने जनाउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गरे। उनका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ निवेदन प्राप्त भइसकेका छन्।

‘हामी अतिथि देवो भवः भन्ने संस्कारमा विश्वास राख्छौं। अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,’ मन्त्री पाण्डेले भने।

देउडा, कौणा र विभिन्न जातीय नृत्यहरूलाई अब मूलधारको पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ थियो। उनले संस्कृति सम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गरे। 

कार्यक्रममा मगर समुदायको संस्कृतिमा योगदान पुर्‍याएका प्रेम बहादुर थापालाई विशेष रूपमा सम्मान गरिएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ०८ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका