कर्णाली ‘करिडोर’का नौ पुल बनेनन् | Khabarhub Khabarhub

कर्णाली ‘करिडोर’का नौ पुल बनेनन्


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली ‘करिडोर’का नौ वटा पुल निर्माणको काम अझै सुरु भएको छैन । करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि, बाजुरा र हुम्ला खण्डमा पर्ने नौवटा पक्की पुल अझै बन्न सकेका छैनन् । 

विक्रम संवत् २०७९ असार ३० गते ठेक्का सम्झौता भए पनि काम अझैं सुरु नभएको सडक डिभिजन कार्यालय हुम्लाका प्रमुख बेलबहादुर नेपालीले बताए। 

‘करिडोरका नौ वटा पुलको ठेक्का भएको तीन वर्ष भयो’, उनले भने। निर्माण व्यवसायीले पुलको डिजाइन स्वीकृत गराएर काम गर्नुपर्ने प्रावधानअनुसार नौमध्ये सात वटा पुलको डिजाइन नै स्वीकृत हुन बाँकी रहेको नेपालीले जानकारी दिए । 

कालीकोट खण्डका तीन, बाजुराको बड्डीगाड जुड्डी, कवाडी खोला, हुम्लाको गल्फा गाड, सल्लीसल्लासहित नौ वटा सडक पुल ठेक्का भएर पनि काम नभएको जनाउँदै कालीकोटबाट निर्वाचित प्रतिनीधिसभाका सांसद महेन्द्रबहादुर शाहीले बताए। कर्णाली करिडोरअन्तर्गत कालीकोटको फुगाड खोलाको फलामे बेलिब्रिज २०७६ को असारमा आएको बाढीले बगाएपछि पानी परेको बेला सडक बन्द हुने गरेको छ । 

पचालझरना र रास्कोटको सिमानामा पर्ने फुगाड खोला, सान्नी त्रिवेणी र रास्कोटको बीचमा पर्ने सान्निगाड खोला तथा नरहरिनाथ गाउँपालिकामा पर्ने रहगाड खुलालु खोलाको पक्की पुल बनाउने ठेक्का पाएको विकोइ कन्स्ट्रक्सनले हालसम्म पनि सडक विभागबाट पुलको डिजाइन नै स्वीकृत नगराएको सडक डिभिजन प्रमुख नेपालीले जानकारी दिए । 

कालीकोटका तीनवटा पुलको १८ करोडको ठेक्का पाएको बिकोइ कन्स्ट्रक्सनका हरिराम कोइरालाले सडक विभागबाट डिजाइन स्वीकृत हुन ढिलाइ भएकाले काम सुरु हुन नसकेको बताए। 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : १८ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका