चाक्सीबारी बैठक : संविधान संशोधनबारे बहस चलाउनुपर्ने निष्कर्ष « Khabarhub

चाक्सीबारी बैठक : संविधान संशोधनबारे बहस चलाउनुपर्ने निष्कर्ष


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण हुने गरी पार्टीले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बसेको बैठकले कांग्रेसले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।  

‘संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन, यसलाई अब अगाडि बढाउनपर्छ,’ बैठकपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण हुने गरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भनेर छलफल गरेका छौँ ।’

उनले चाक्सीबारी बैठकमा पूर्वपदाधिकारीहरूबीच भएको छलफलका विषयमा मंगलबार नै सभापति शेरबहादुर देउवालाई जानकारी गराइने पनि बताए ।

‘समग्र विषयमा जे जति छलफल भयो, हामी भोलि नै हाम्रो सभापतिलाई भेटेर जानकारी गराउँछौँ,’ सिटैलाले भने । 

बैठकमा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा। प्रकाशशरण महत सहभागी थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ४ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली