काठमाडौं अदालतमा कानुनी सहायता केन्द्र | Khabarhub Khabarhub

काठमाडौं अदालतमा कानुनी सहायता केन्द्र


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौँमा वैतनिक वकिल तथा कानुन सहायता तथा परामर्श केन्द्र स्थापना गरिएको छ । अदालत परिसरमा आज केन्द्रको औपचारिक उद्‌घाटन गरिएको हो ।

केन्द्रको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश कमलप्रसाद पोखरेलले न्यायमा पहुँचका लागि वैतनिक वकिल तथा कानुनी सहायता तथा परामर्श केन्द्रको स्थापना गरिएको बताए।

‘अशक्तहरूका लागि निःशुल्क रूपमा कानुनी सहायता गर्ने हेतुले अदालतमै कार्यकक्ष उपलब्ध गराएर सेवा सुरू गरिएको हो, अब वैतनिक वकिल नभेटिने अवस्था रहँदैन’, उनले भने, ‘न्यायमा पहुँच नपुग्नेका लागि यो निःशुल्क सेवाले पैसा खर्च गर्न र नसक्नेहरूले कानुनी उपचारमा सहभागी हुन पाउने अवस्था आएको छ, यो राम्रो कुरा हो ।’

 अदालतमा सुरूदेखि नै एक जना वैतनिक वकिल र एक कानुनी सहायता अधिकृतको व्यवस्था भए पनि आफ्नै कार्यकक्ष गरिएको थिएन । वैतनिक वकिल र कानुनी सहायता अधिकृतलाई भेट्नै मुस्किल परेको भन्ने गुनासो आएपछि अदालतले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कम्तीमा एक अधिकृत कार्यकक्षमै रहने गरी कानुनी सहायता केन्द्रको स्थापना गरेको हो ।

आर्थिक विपन्नता, अपाङ्गता, अशक्तता र कानुनी सहायता आवश्यक भएका सेवाग्राहीका लागि प्रत्येक अदालतमा निःशुल्क बहस पैरवीलगायत कानुनी सेवा गर्न वैतनिक वकिलको व्यवस्था हुने गरेको छ । सो अदालतमा दैनिक आठ हजार सेवाग्राहीको भीड रहने गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १४ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका