ओलीको गुनासो- एमालेमाथि लगानी गरेरै हमला हुँदैछ, पोलिटब्युरोमा एक भयौँ, फेरि चलखेल भयो « Khabarhub

ओलीको गुनासो- एमालेमाथि लगानी गरेरै हमला हुँदैछ, पोलिटब्युरोमा एक भयौँ, फेरि चलखेल भयो


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमाथि अहिले असाधारण हमला भइरहेको बताएका छन् ।

ललितपुरको च्यासलमा सोमबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले लगानी गरेरै एमालेमाथि हमला भइरहेको बताएका हुन् ।

उनले शुक्रबार र शनिबार बसेको पोलिटब्युरो बैठकमा एक ढिक्का भएको पार्टीमा शनिबार फेरि चलखेल सुरू भएको बताए ।

‘अस्ति पोलिट्बुरो एकढिक्का भएको थियो, हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी पनि बुझेका छौँ’, उनले भने, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भइरहेका छन्, यी त्यसै भएका छैनन्, लगानी गरेर भइरहेका छन् ।’

ओलीले आफूहरूले बहुमत ल्याउने गरी मिसन २०८४ भनिरहेको पनि बताएका छन् । ‘बहुमत नभई काम गर्न सकिन्न, एकमना एकता नभई हाम्रो नीति लागु गर्न सकिन्न’, उनले भने, ‘अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो (शनिबार) अरू तयारीहरू भइरहेका छन् । कतै हामी आफ्नै संकल्पमा नरहेको जस्तो देखिन्छ । किन त्यस्तो हुन्छ ?’

उनले पार्टीमा पहिलेदेखि नै मतभेदहरू हुने गरे पनि अहिले जस्तो घुसपैठ नभएको जिकिर गरे । ‘पार्टीमा मदभेद हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने भएको थिएन’ । सानो पुँजीवादी पहिला पनि नभएको होइन । गाली गलौजको प्रवृत्तिलाई मोहनविक्रमले सैद्धान्तिककरण गरे’, उनले भने, ‘पछिल्लो समय प्रचण्ड प्रवृत्ति आयो, राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्थ्यो । सफलता र असफलताको जवाफ प्रचण्डले दिनु पर्छ, माओवादीको अहिलेको तरिका पनि फरक छन् । सबैविरुद्ध एमालेले लड्नु पर्ने छ ।’

उनले एमालेको आन्दोलनले सधैँ हमला ब्यहोरेको बताए । ‘हाम्रो आन्दोलनले सधैँ हमला बेहोरेको छ, विरोधीहरुले हाम्रो समर्थन गर्दैनन्, काममा समर्थन गर्दैनन्, झुट र बेइमान छन् । स्तरहीन छन् । अफवाह फैलाउँछन्’, उनले भने, ‘हाम्रो पार्टीले इतिहासदेखि हमला झेलेका हौँ । २००८ सालदेखि २०१३ सालसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध नै लागेको थियो ।’

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : १८ बजे

मतपेटिका ढुवानी नेपाल प्रहरीले गर्ने : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले एकीकृत सुरक्षा योजना अनुसार मतदान केन्द्रबाट

विश्वप्रकाशले भने : पुरानाका दिन सकिएका भए धर्मशास्त्र र धर्ती बाँकी हुने थिएनन्

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्न सबैभन्दा पहिले

आयोग भन्छ : बीबीसीको डकुमेन्ट्री विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौँ

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको पहिलो भेट, के के भयो कुराकानी ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक