बंगलादेशमा विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक घोषणा « Khabarhub

बंगलादेशमा विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १६४ घाइते, मंगलबार राष्ट्रिय शोक घोषणा


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा अरु १ सय ६४ जना घाइते भएका छन् ।

वायुसेनाको विमान स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको विद्यालय भवनमा ठोक्किएको हो । बंगलादेशी वायुसेनाको एफ–७ लडाकु विमान दुर्घटनामा परेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।

उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । घाइते हुनेमा अधिकांश विद्यार्थी रहेको बंगलादेशको प्रोथोम आलो अखबारको अनलाइन संस्करणले जनाएको छ ।

विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

दुर्घटनासँगै बंगलादेशको अन्तरिम सरकारले भोलि मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । शोकका दिन देशभित्र र देशबाहिर रहेका सबै सरकारी, गैरसरकारी तथा स्वायत्त संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : २८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी