स्वास्थ्यमन्त्रीको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी « Khabarhub

स्वास्थ्यमन्त्रीको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वर्तमान सरकार गठनको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए। 

उनले आधारभूत अस्पताल सञ्चालन, डेङ्गी सङ्क्रमण नियन्त्रण, एचपीभी खोप अभियान, विपद् व्यवस्थापन, आपतकालीन तयारी, कर्मचारी समायोजनलगायत मुद्दामा तीन तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको बताए।

मन्त्री पौडेलले मन्त्रालय मातहतको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमार्फत दुई हजार १०० नयाँ जनशक्ति थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको र एक दर्जनभन्दा बढी नयाँ विधेयकहरू तयारीको अन्तिम चरणमा रहेको बताए।

 उनले भने,’स्वास्थ्य बिमा प्रणालीमा आमूल सुधार गर्दै अनलाइनबाट बिमाको नवीकरण हुने, दीर्घरोगमा पुनः रिफरको झन्झट हटाउने र बिमा अवधि घटाएर एक महिना बनाउने व्यवस्था मिलाइएको छ । क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरीजस्ता आठ प्रकारका जटिल रोगका लागि दुई लाखसम्मको सेवा बिमाअन्तर्गत उपलब्ध गराउने व्यवस्था पनि लागू भइसकेको छ ।’

मन्त्री पौडेलका अनुसार पूर्वाधार विकासमा स्वास्थ्य मन्त्रालयले हालसम्म ११३ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिसकेको र ५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा रहेका छन् । यस्तै, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न सङ्घीय अस्पतालहरूमा दुई सिफ्ट बहिरङ्ग (ओपिडी) सेवा सुरु गरिएको छ । सरकारी अस्पतालहरूमा पक्षघात, सिकलसेल एनिमिया, थालसेमिया, हिमोफिलियाजस्ता रोगको औषधि र उपचार सेवा निःशुल्क गरिएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले जनसङ्ख्यालाई सन्तुलित, व्यवस्थित र समावेशी बनाउने लक्ष्यसहित ‘राष्ट्रिय जनसङ्ख्या नीति २०८२’ पारित गरिएको बताए।

‘आगामी वर्षसम्ममा सुधार अभियानलाई पूर्णता दिँदै नेपाललाई गुणस्तरीय, सुलभ र दिगो स्वास्थ्य सेवा प्रदान गर्ने देश बनाउने प्रतिबद्धता गरेर लागिरहेका छौँ । हामीले थालनी गरेका पहलहरू स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारको आधार बन्नेछन्’, उनले भने। 
 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : ३७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका