त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा भारतीय दर्शनार्थी « Khabarhub

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा भारतीय दर्शनार्थी


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ– विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला सोमबारदेखि सुरु भएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ ।

बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामूहिक रूपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदलयात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै छ । 

मेलाको पहिलो दिन आज १२ हजार ४७५ जनाले  मन्दिर दर्शन गरेका हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिए।

 “हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । तीमध्ये धेरैजसो आफ्नै सवारिसाधन प्रयोग गरेर आएका छन्”, उनले भने। 

हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा उत्साहजनक उपस्थिति बढेको बताए। 

मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिङ्गमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएको जल चढाउने गरिन्छ । 

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ७ : ३४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना