आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अगष्ट २१ तारिख। आज प्रदोष व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: दिन सामान्य छ। हरेक काममा साथीसँग एकता गर्नु उचित हुन्छ। सापट दिएको सम्पत्ति फिर्ता नहुने जोखिम छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट आंशिक नाफा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

वृष: दिन राम्रो छ। विदेशको धनले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिमा महत्त्वपूर्ण नियुक्ती मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन: दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी हु्नेछ।

कर्कट: दिन राम्रो छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँगको भेटघाट रमाइलो हुनेछ। दैनिकी सहजै बित्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ।

सिंह: दिन सामान्य छ। सोचेको काममा अवरोध हुनसक्छ। मिहिनेतको फल प्राप्त नहुन सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्या: दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति फिर्ता हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। घर र जग्गाको कारोबारमा फाइदा हुनेछ। परिवारसँग व्यवहार गर्दा भने सचेत बन्नुपर्नेछ।

तुला: दिन राम्रो छ। साथीहरुले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा श्रमको शोषण हुने जोखिम छ। राजनीतिक र सामाजिक क्षेत्रमा पदोन्नती हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

वृश्चिक: दिन राम्रो छ। ठुला व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। सोचेका काम सहज बन्नेछन्। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्यमा भने समस्या हुनसक्ने जोखिम रहेको छ।

धनु: दिन सामान्य छ। परिवारमा साना कुराले झन्झट बढ्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानी डुब्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्नेछ।

मकर: दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ। संकटमा परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ: दिन सामान्य छ। सानासाना कुरामा अवरोध सिर्जना हुनेछ। शनिदेव उच्च ग्रहमा भए प्रगति हुनेछ नत्र घाटा हुनेछ। शनिदेवको अवस्था हेर्न जन्मकुण्डलीको हेर्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मीन: दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नुपर्ने समय छ। विपक्षी भनिएका साथीले राम्रो साथ दिनेछन्। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ५ : ०६ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति