विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन हुँदै, ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने « Khabarhub

विद्या भण्डारीको सम्पर्क कार्यालय उद्घाटन हुँदै, ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जननेता मदन भण्डरीको ७५ औँ हिरक जयन्ती मनाउन काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलिएको छ।

बिहीबार दिउँसो उक्त कार्यालयको औपचारिक उद्घाटन हुँदैछ। दिउँसो २ बजे एमालेकी पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

विद्याकै पहलमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन गरिएको छ। जसको अध्यक्ष बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल छन्।

२०४८ सालमा मदन र २०५१ मा विद्याले नै चुनाव प्रचार प्रसार गर्न उक्त घरमा कार्यालय खोलेका थिए। अहिले विद्याले त्यही घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन्।

एमालेको साउन ५–६ को केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो। तर उनले आफ्नो राजनीतिक यात्रा नरोकिने अडानसहित कार्यकर्तासँग सम्पर्क व्यापक बनाउन कार्यालय खोलेकी हुन्।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ६ : २५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको