४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल « Khabarhub

४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तमिल सिनेमाका दुई महानायक रजनीकान्त र कमल हासन फेरि एउटै पर्दामा देखिन सक्ने सम्भावना प्रबल बनेको छ। बलिउड हंगामाका अनुसार, दुवै अभिनेताले निर्देशक लोकेश कनगराजले बनाउन लागेकाे ‘ग्रिट्टी माफिया ड्रामा’मा काम गर्नेबारे छलफल गरिरहेका छन् । यस फिल्मलाई कमल हासनले आफ्नो प्रोडक्सन कम्पनीमार्फत समर्थन गर्ने तयारी गरेका छन् ।

प्रारम्भिक खबर अनुसार, दुवै महानायकले वृद्ध आपराधिक पात्रको भूमिका निर्वाह गर्नेछन् । उनीहरूको विगत आपसमा गाँसिँदै हिंस्रक र नाटकीय पुनर्मिलनमा परिणत हुने देखिन्छ । लोकेश कनगराज (जसलाई ‘लोकी’ भनेर चिनिन्छ) को परम्पराअनुसार, कथाले गोप्य रहस्य, वंशपरम्परागत सम्पत्ति, र भूमिगत अपराध संसारमा धमाकेदार पुनरागमनलाई केन्द्रमा राख्ने विश्वास गरिएको छ ।

रजनीकान्त र कमल हासन अन्तिम पटकसँगै देखिएको तमिल फिल्म ‘निनैथाले इनिक्कुम’ (१९७९) थियो । त्यसयता, दुवैले आफ्नै फरक-फरक पहिचान निर्माण गरेका छन् । कमल हासन उत्कृष्ट निर्देशन र पटकथाका लागि सम्मानित छन् भने रजनीकान्त सुपरस्टारका रूपमा संसारभर चर्चित बनेका छन् ।

यो सम्भावित पुनर्मिलन तमिल सिनेमाको एक रोमाञ्चक मोडमा आएको हो । रजनीकान्तको पछिल्लो फिल्म ‘कुली’, जुन लोकेश कनगराजकै निर्देशनमा बनेको फिल्म हो जसले दर्शकहरुको अपार माया पाएको छ । अर्कोतर्फ, कमल हासनको पछिल्लो फिल्म ‘थग लाइफ’ विश्वव्यापी बक्स अफिसमा खासै सफल हुन सकेन ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ४५ बजे

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्