प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक– २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।


प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ६ : ४१ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको