आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस « Khabarhub

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन थालिएको हो ।

आतङ्कवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरूलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरूको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसङ्घलगायत विश्वका विभिन्न मुलुकमा आतङ्कवादका पीडितहरूको सम्झना एवं श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ ।

घृणित विचारधारा फैलाउने आतङ्कवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतङ्कवादको अन्तर्राष्ट्रियस्तरमा निन्दा भए पनि यसबाट पीडितहरूले न्याय प्राप्तिका निम्ति सङ्घर्ष गरिरहेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : १० बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ