रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्ने « Khabarhub

रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्ने


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

चुक्ता पुँजीको सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने भएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको चुक्ता पूँजी ७० करोड रुपियाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  ९ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको