भारत-चीनका राजदूत बोलाएर लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गरौँ : कमल थापा « Khabarhub

भारत-चीनका राजदूत बोलाएर लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गरौँ : कमल थापा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारसँग भारत र चीनका राजदूतहरूलाई बोलाएर नेपाली भूमि लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गर्न आग्रह गरेका छन् । 

उनले बिहीबार एक्समार्फत् प्रधनमन्त्री केपी शर्मा ओलीको आशन्न चीन र भारत भ्रमणको अवसर पारेर लिपुलेकबारे सशक्त ढंगले नेपालको दृष्टिकोण राख्दै ठोस निष्कर्षमा पुग्न पनि आग्रह गरेका छन् । 

‘तत्कालै भारत र चीनका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा बोलाएर उक्त सम्झौताको प्रतिवाद गर्न र विरोध जनाउन अनुरोध गर्दछु,’ अध्यक्ष थापाले भनेका छन्, ‘यसैगरी निकट भविष्यमा नै हुन गइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणका अवसरमा उच्च तहमा यसबारे सशक्त ढंगले नेपालको दृष्टिकोण र आपत्ति जानकारी गराउन तथा ठोस निष्कर्षमा पुग्न समेत आग्रह गर्दछु ।’

नेपालको सहमति बिना भारत र चीनले त्रिदेशीय बिन्दुको रुपमा रहेको लिपुलेकबाट आवागमन र व्यापार गर्ने पटकपटक समझदारी र सम्झौता गरेर नेपालको वैधानिक र अन्तर्राष्ट्रिय कानूनले समेत निर्दिष्ट गरेको विषयलाई उपेक्षा गर्नु आपत्तिजनक भएको उनको भनाइ छ । 

‘यो नेपालको सार्वभौमिकता माथिको आक्रमण हो । यसैबीच हालै नयाँ दिल्लीमा भारत र चीनका बीचमा थप अर्को समझदारी भएको छ । नेपाल सरकारले तत्कालै यो सम्झौताको विरोधमा वक्तव्य निकालेको छ, त्यसको म सराहना गर्दछु,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले भनेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : २५ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र