भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार « Khabarhub

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार २८३ जनाले निःशुल्क उपचार सेवा लिएका छन् । अस्पतालको सामाजिक सेवा एकाइमार्फत उनीहरूले यो सेवा लिएका हुन् ।
 
गत आर्थिक वर्षमा गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार र लक्षित वर्गको उपचारमा गरी उनीहरूले निःशुल्क वा छुटमा उपचार सेवा पाएका हुन् ।

चार करोड छ लाख ९५ हजार १० रुपैयाँ बराबरको सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।  

एकाइका प्रमुख रामहरि ढकालका अनुसार लक्षित वर्गमा चेपाङ्, बोटे, मुसहर, माझी, असाहाय र वेवारिसेहरु पर्ने गर्दछन् । उनीहरूले सो वर्षमा तीन हजार ४९ जनाले सेवा लिएको उनले जानकारी दिए । उनीहरूले तीन करोड ३३ लाख ७६ हजार ३५८ रुपैयाँ बराबरको सेवा लिएको ढकालले बताए ।
 
त्यसैगरी अस्पतालको गरिब तथा विपन्न नागरिकको प्रारम्भिक चरणको आकस्मिक उपचार सेवाबाट दुई हजार २३४ जना लाभान्वित भएको उनले बताए । आकस्मिक सेवामा गरिएको उपचारमा ७३ लाख ८१ हजार ६५२ रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ ।
 
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा. कृष्णप्रसाद पौडेलले यस एकाइबाट मन्त्रालयले विनियोजित गरेको बजेटभन्दा दोब्बर खर्च गरी लक्षित वर्गलाई सहयोग गरिएको बताए  ।

सामाजिक सेवा एकाइबाहेक पनि धेरै बिरामीको निःशुल्क उपचार गरिएको जनाउँदै डा पौडेलले निःशुल्क उपचार गराउनुपर्ने धेरैजसो बिरामी भरतपुर अस्पतालमा आउने गरेको बताए ।
 
लक्षित समूहसँगै अन्य बिरामीको समस्या र अवस्थाअनुसार निःशुल्क वा आंशिक छुटमा सेवा दिने गरिएको उहाँले जानकारी दिनुभयो । देशका विभिन्न जिल्लाबाट बिरामी आउने भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी बिरामी उपचारका लागि यस अस्पतालमा आउने गरेका छन् । रासस

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : २२ बजे

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा