इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टाइनबासी पलायन हुन थाले  « Khabarhub

इजरायलले गाजा कब्जा गर्न थालेपछि प्यालेस्टाइनबासी पलायन हुन थाले 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जाका लागि सैन्य कारबाही सुरू गरेसँगै ठूलो सङ्ख्यामा प्यालेस्टाइनी नागरिकहरूको पलायनको सुरुवात भएको छ ।  

यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविराम गर्न अपील गरेका छन् । 

उनले इजरायलले सुरू गरेको सैन्य अभियानबाट ‘मृत्यु र विध्वंश’ निश्चित भएकाले रोक्न अत्यावश्यक रहेको पनि बताएका छन् । 

गाजाका अधिकारीहरूका अनुसार १० लाखभन्दा बढी जनसङ्ख्या रहेको उक्त क्षेत्रले कयौँ दिनदेखि बमबारीको सामना गरिरहेको छ । इजराइयी सेनाले गाजा सहरको बाहिरी क्षेत्र नियन्त्रणमा लिइसकेको दाबी गरिरहेको छ । 

एक सैन्य प्रवक्ताको हवाला दिँदै बीबीसीले जैतुन र जबालिया क्षेत्रमा सैनिक पहिलेदेखि नै कारबाही गरिरहेको समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र