‘जनै हराएको मान्छे’को प्रिमियर हेर्ने भक्कानिए « Khabarhub

‘जनै हराएको मान्छे’को प्रिमियर हेर्ने भक्कानिए


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियर शो हेर्नेहरूले तारिफ गरेका छन् । फिल्म हेर्ने आउने अधिकांश सेलिब्रिटीको आँखा रसाएको थियो ।

फिल्मकी नायिका समेत रहेकी केकी अधिकारी त फिल्म हेरेपछि भक्कानिएरै रोएकी थिइन् । फिल्मको कथावस्तुले मन छोएका कारण आँसु नरोकिएको बताइन् । भक्कानिएकी उनले राम्रोसँग सञ्चारकर्मीसँग कुराकानी पनि गर्न सकिनन् ।

त्यस्तै प्रिमियर हेर्न पुगेको गायिका अञ्जु पन्तले पनि रुँदै हलबाट बाहिरिएकी थिइन् ।

प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणी नेपाल, कलाकार लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट राइटर प्रदीप भारद्धाज लगायत सिनेमा क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रिमियरमा आमन्त्रित सबै कलाकारहरूले फिल्म मन परेको प्रतिक्रिया दिए । केहीले आँसु रोक्न निकै सकस परेको प्रतिक्रिया दिए ।

प्रिमियरमा आमन्त्रित अतिथिहरू पनि हलबाट आँसु पुछ्दै बाहिरिएका थिए ।

ऐतिहासिक व्यापारिक सफलता हात पारेको ‘पूर्णबहादुरको सारङ्गी’पछि नायक विजय बराल शीर्ष भूमिकामा देखिन लागेको यो पहिलो फिल्म हो । यसको नायिकाहरू केकी र मिरुना मगर हुन् ।

यस फिल्ममा शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । निर्देशक हिमाल न्यौपाने हुन् ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : १४ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि