माओवादीले सरकारलाई भन्यो- बलियो गरि खुट्टा टेकेर चीन र भारतसँग वार्ता गर्नू « Khabarhub

माओवादीले सरकारलाई भन्यो- बलियो गरि खुट्टा टेकेर चीन र भारतसँग वार्ता गर्नू


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षाका लागि दह्रोसँग उभिएर चीन र भारतबीच भएको पछिल्लो व्यापार सम्झौतामा आवश्यक प्रभावकारी कूटनीतिक पहल अगाडि बढाउन आग्रह गरेको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न भारत र चीनले गरेको पछिल्लो सम्झौतामा आवश्यक प्रभावकारी कूटनीतिक पहल अगाडि बढाउन आग्रह गरेका हुन् । 

‘नेपाललाई जानकारी नदिई गरिएको भनिएको सहमति प्रति आपत्ति प्रकट गर्दछौँ । विरोध गर्दछौँ,’ उनले भने, ‘कुनै पनि सरकारको राष्ट्रिय सावैभौमिकता र अखण्डताको रक्षाको यस प्रकारको काममा दह्रोसँग उभिन, दुवै छिमेकी मित्रराष्ट्रहरूसँग आवश्यक प्रभावकारी कूटनीतिक, राजनीतिक पहल अघि बढाउन यो सदनको प्रमुख विपक्षी दलको तर्फबाट हामी नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछौँ ।’

माओवादी केन्द्रले भारत र चीनबीच भएको पछिल्लो व्यापार सम्झौताबारे सदनलाई आवश्यक जानकारी गराउन पनि माग गरेको छ ।

 ‘यस विषयमा जनताका प्रतिनिधिहरूको यस सभालाई आवश्यक जानकारी गराउन सरकारलाई हार्दिक अनुरोध गर्दैछौँ,’ प्रमुख सचेतक पाण्डेले भने । 

माओवादी केन्द्रले नेपालको सार्वभौमिकता तथा खण्डताको रक्षा र नेपालको हितको पक्षमा एकजुट हुन आम जनतालाई आह्वान पनि गरेको छ । 

‘यस्तो अवस्थामा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता तथा खण्डताको रक्षा र नेपालको हितको पक्षमा एकजुट हुन आम जनतालाई पनि सम्माननीय सभामुखजयूमार्फत् हामी हाम्रो दलको तर्फबाट अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : ५२ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७