विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली   « Khabarhub

विद्या भण्डारीलाई साथ दिन पुगे ईश्वर पोखरेल र युवराज ज्ञवाली  


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा सहभागी हुन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष  ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पुगेका छन्। 

जननेता मदन भण्डरीको हीरक जयन्ती मनाउन भनेर खोलिएको थापागाउँस्थित यस कार्यालयबाटै एमालेकी पूर्वउपाध्य विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने भएकी छन् । 

बिहीबार दिउँसो उक्त कार्यालयको औपचारिक उद्‌घाटन गरिएको छ । भण्डारी र एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले कार्यालय उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दैछन् । 

विद्याकै पहलमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन गरिएको छ । जसको अध्यक्ष बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् । 

२०४८ सालमा मदन र २०५१ मा विद्याले नै चुनाव प्रचार प्रसार गर्न उक्त घरमा कार्यालय खोलेका थिए । अहिले विद्याले त्यही घरमा आफ्नो सम्पर्क कार्यालय उद्‌घाटन गरेकी  हुन् । 

एमालेको साउन ५-६ को केन्द्रीय कमिटी बैठकले विद्यालाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो । तर उनले आफ्नो  राजनीतिक यात्रा नरोकिने अडानसहित कार्यकर्ताहरूसँग सम्पर्क व्यापक बनाउन कार्यालय खोलेकी हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ३३ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक