प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले भन्यो– लिपुलेक विवाद समाधान नहुँदासम्म भ्रमण स्थगित गर्नुस्  « Khabarhub

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले भन्यो– लिपुलेक विवाद समाधान नहुँदासम्म भ्रमण स्थगित गर्नुस् 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली भूमि लिपुलेक सीमा व्यापारका लागि उपयोग गर्न भएको सम्झौताको विषय समाधान नभएसम्म चीन र भारत भ्रमण स्थगित गर्न सुझाव दिएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पार्टीका तर्फबाट प्रधानमन्त्री ओलीलाई चीन र भारतको भ्रमण स्थगित गर्न सुझाव दिएका हुन् ।  

‘सम्माननीय प्रधानमन्त्रीज्यू तपाईं राष्ट्रवाद र देशभक्ति छ भने यो विषय समाधान नभएसम्मको लागि भारत र चीन भ्रमण स्थगित गर्नुहोस्,’ उनले भने, ‘१३ महिनासम्म भारत भ्रमण नगरे पनि चलेकै छ ।’

सांसद ज्वालाले भ्रमण रोक्न नसके चीन र भारत भ्रमणका क्रममा लिपुलेकको विषयलाई नै प्रमुख मुद्दा बनाएर समाधानका लागि पहल गर्न पनि सुझाए । 

‘अनेकौँ बिन्तीभाउ गरेर प्राप्त भ्रमणको अवसर त पक्कै छोड्नु हुन्न होला,’ उनले भने, ‘यदि, भ्रमण रोक्न सक्नुहुन्न भने दुवै सरकार प्रमुखसँग लिपुलेक पासको विषयलाई नै प्रमुख मुद्दा बनाएर समाधानको पहल गर्नुहोस् ।’ 

सांसद ज्वालाले नेपाललाई जानकारी नै नदिई भारत र चीनले लिपुलेक नाकालाई व्यापारिक प्रयोजनका लागि खोल्ने सहमति गरेर एकतर्फी सौदाबाजी गरेको पनि बताए ।   

‘नेपाललाई कुनै जानकारी नै नदिई लिपुलेक नाकालाई भारत र चीनले व्यापारिक प्रयोजनका लागि खोल्ने सहमति गरेर एकतर्फी सौदाबाजी गरिएको छ,’ उनले भने, ‘यसमा हाम्रो गम्भीर आपत्ति छ । हाम्रो दलको तर्फबाट हामी खेद व्यक्त गर्न चाहन्छौँ ।’ 

भारत र चीनबीच भएको सम्झौता अन्तराष्ट्रिय सन्धि, सम्झौता, कानून र पञ्चशीलको सिद्धान्तविपरीत रहेको पनि उनले बताए ।  

‘यो मिचाहा र हैकमवादी प्रवृत्ति भएन र सभामुख महोदय । भारतले तत्कालै नेपालको दाबीलाई एकपक्षीय, कृत्रिम दाबी भएकाले अस्वीकार्य छ भनि गरेको खण्डन अझै गम्भीर छ,’ ज्वालाले भने । 

महाकाली नदी पूर्वका कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका क्षेत्र नेपालका अभिन्न भूभाग भएको ऐतिहासिक तथ्य र नक्साले पुष्टि गरिसकेको उनले बताए । 

‘ऐतिहासिक तथ्य र नक्साले पुष्टि गरिसकेको विषय हो, महाकाली नदी पूर्वका कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायतका क्षेत्र नेपालका अभिन्न भूभाग हुन्,’ सांसद ज्वालाले भने, ‘हामीसँग यसको लापुर्जासमेत छ । नेपालले यो सहमतिलाई अस्वीकार गर्दै राष्ट्रियताको रक्षाका लागि जोडदार आवाज र दबाब दिन जरूरी छ ।’

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र