पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा टिप्पणीसहित आलोचना गरेकी छन् ।

मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले संसद् निरीह थलोमा परिणत भएको बताइन् । 

‘हामी पूर्ण लोकतन्त्रमा छौँ, तर जनताको आकांक्षा पूरा हुन सकेको छैन। राजनीतिक दलहरूमा समस्या छ, दलहरू प्रणालीमा चल्न सकिरहेका छैनन्,’ उनले भनिन् ।

भण्डारीले ठूला दल कांग्रेस र एमाले संविधान संशोधनमा सहमत भए पनि संशोधनको आवश्यकता के हो भन्ने विषयमा गम्भीर छलफल नभएको उल्लेख गरिन् । 

उनले सांसदसहितका जनप्रतिनिधिमाथि आरोप पुष्टि नहुन्जेल निलम्बन गर्नु गलत भएको बताइन् । ‘कसैलाई आरोप लगाउँदैमा तुरुन्त निलम्बन गर्नु लोकतान्त्रिक होइन,’ उनले भनिन् ।

उनले सम्बोधनमा आफ्नो राजनीतिक यात्राको पनि स्मरण गरिन् । ‘म भोजपुरमा जन्मेको मान्छे हो। कोअर्डिनेशन केन्द्र हुँदै मालेमा पुग्यौँ, मालेबाट एमाले भयो । अहिले एमाले एउटा ब्रान्ड बनेको छ, यो देशभक्त र प्रगतिशील पार्टी हो’, उनले भनिन् । 

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी उनले मदन भण्डारी फाउन्डेसनलाई थिंक ट्यांकको रूपमा अघि बढाइएको बताइन् र उनले जननेता भण्डारीको विचारलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ३० बजे

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै