एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी « Khabarhub

एमाले सरकारमा गइरह्यो, अब समीक्षा गरौँ : भण्डारी


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले लगातारजसो सरकारमा सहभागी पार्टीको कामकारबाहीबारे अब समीक्षा हुनुपर्ने बताएकी छिन्‌ ।

पार्टीमै सक्रिय राजनीति गर्न फर्कन प्रयास गरिरहेकी भण्डारीले आज (बिहीबार) काठमाडौँको थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै एमालेको सरकारयात्राबारे सवाल उठाएकी हुन्‌ ।

‘हिजो २०४६/४७ को आन्दोलनपछि जसरी देशमा एउटा अन्तरिम सरकार बनेको थियो, त्यो सरकारमा पनि यो पार्टीले भाग लिएको थियो । तर त्यसपछि भने चुनावबाट ५० सालपछि निरन्तर यो पार्टी नेकपा एमालले भाग लिइराखेको छ’, भण्डारीले भनिन्, ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो । त्यो अनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ?’

एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको भन्दै भण्डारीले त्यसको मर्म र भावना अनुसार काम भयो कि भएन भनी समीक्षा गर्ने बेला भएको बताइन्‌ ।

उनले थपिन्‌, ‘हामीले विभिन्न समयमा विविध क्षेत्रको चर्चा गरिरहेका छौँ । आर्थिक, सामाजिक, सांस्कृतिक लगायत क्षेत्रमा हामीले काम गर्न सक्यौँ कि सकेनौँ ? समीक्षा गर्ने बेला आएको छ भन्ने मलाई लाग्छ ।’

सिद्धान्त अनुसार समाजलाई डोहोर्‍याउन वैचारिक चिन्तनमनन गरेर अगाडि बढ्नुपर्ने पनि भण्डारीले बताइन्‌ । भनिन्‌, ‘म नेकपा (एमाले) को सदस्य हो । त्यो नाताले मैले जुन एउटा सिद्धान्त धारण गरेको छु र बुझेको छ, त्यो अनुसार मैले काम गर्ने हो । यदि पार्टीहरूमा विकृति विसङ्गति फैल्याइएको छ भने त्यसविरुद्ध पनि म लडिरहन्छु ।’

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ५८ बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि