लिपुलेक सम्झौता खारेज गर्न चीनसँग राष्ट्रिय जनमोर्चाको आग्रह « Khabarhub

लिपुलेक सम्झौता खारेज गर्न चीनसँग राष्ट्रिय जनमोर्चाको आग्रह


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाले भारतसँग भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गरेर नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्न चीनसँग आग्रह गरेको छ । 

जनमोर्चाले बिहीबार विज्ञप्तिमार्फत् चीनलाई नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्दै भारतसँग भएको लिपुलेकसम्बन्धी सहमति अविलम्ब खारेज गर्न माग गरेको हो । 

‘चीन–भारतबीच भएको लिपुलेकसम्बन्धी सहमतिलाई अविलम्ब खारेज गर्न तथा नेपालको सार्वभौम सत्ता र अखण्डतालाई सम्मान गर्न चीनलाई आग्रह गर्दछौँ,’ अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यसका साथै कालापानीमा भएको भारतीय सेनाको उपस्थितिलाई फिर्ता गराउन कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारलाई जोड दिन्छौँ ।’

कालापानीमाथि भारतले कब्जा जमाउने कार्यलाई चीनद्वारा वैधानिकता दिने गरी लिपुलेक नाकालाई चीन तथा भारतको दुई देशीय व्यापारिक नाका बनाउने कुरा नेपालको सार्वभौमसत्ता र अखण्डताका विरुद्ध रहेको जनमोर्चाको ठहर छ । 

‘नेपालको सहमतिबिना नेपालको भूभागलाई चीन र भारतले आफ्नो व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने घोषणाले चीन तथा भारतको साम्राज्यवादी चरित्रलाई उजागर गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ४ : ३२ बजे

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल

म्याग्दी मङ्गलाका किसानलाई कृषि औजार वितरण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई एक

झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा– स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा- भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण

चिनियाँ र रुसी राष्ट्रपतिबीच वार्ता, कस्तो छ दुई नेताको सम्बन्ध?

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर